बेलौरी ब्याडमिन्टन क्लबको अध्यक्षमा दिलिप चन्द सर्बसम्मत
बेलौरी १५ असोज । बेलौरी ब्याडमिन्टन क्लबको अध्यक्षमा दिलिप चन्द सर्वसम्मत चयन भएका छन्। बिहीबार क्लबको सभाहलमा सम्पन्न अधिवेशनले चन्दको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा राजबहादुर चन्द, सचिवमा रजनीश भण्डारी र कोषाध्यक्षमा राजेश भट्ट चयन भएका छन्। सदस्यहरूमा सुरेन्द्रराज बोहरा, रामबहादुर मगर, कैलाश सिंह बिष्ट, अशोक चौधरी, रविन्द्र श्रेष्ठ, दिनेश चौधरी र सन्तोष साउद रहेका छन्।नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष अशोक श्रेष्ठले पदभार ग्रहण गराएका थिए।,
बेलौरी क्षेत्रमा ब्याडमिन्टन खेलको विकास तथा खेलाडी उत्पादनमा क्लबले गर्दै आएको भूमिकालाई निरन्तरता दिँदै नयाँ नेतृत्वले प्रशिक्षण, प्रतियोगिता तथा खेल गतिविधिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठको कार्यकालमा क्लबको गतिविधि विस्तार तथा खेल क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिएको थियोभने सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।नवनिर्वाचित अध्यक्ष चन्दले क्लबलाई थप व्यवस्थित गर्दै स्थानीय खेलाडीको प्रतिभा पहिचान, क्षमता विकास र नियमित खेल गतिविधिलाई प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।
कंचनपुर भलिबल संघको अध्यक्षमा पुन: श्याम सिंह मौनी
कञ्चनपुर । कञ्चनपुर जिल्ला भलिबल संघको अध्यक्षमा पुन श्याम सिह मौनी चयन भएका छन । सोमबार महेन्द्रनगरमा सम्पन्न भएको जिल्ला भलिबल संघको ६औँ
कंचनपुर जिल्ला फुटबल संघलाई प्रदेश सरकार द्वारा खेल सामग्री हस्तान्तरण
कञ्चनपुर, १४ असार । कञ्चनपुरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद संस्थाको व्यवस्थापन सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुर
उग्रतारा बाल बिद्यालयमा एन सि सि तालिम सुरु
बेलौरी ०२ असार । कञ्चनपुरको बेलौरीमा रहेको उग्रतारा बाल विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन गरिने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम

प्रतिकृया दिनुहोस