कंचनपुर जिल्ला फुटबल संघलाई प्रदेश सरकार द्वारा खेल सामग्री हस्तान्तरण

कञ्चनपुर, १४ असार । कञ्चनपुरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद संस्थाको व्यवस्थापन सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुर जिल्ला फुटबल संघलाई खेलकुद सामग्री तथा कार्यालय प्रयोजनका फर्निचर हस्तान्तरण गरिएको छ । सामाजिक विकास कार्यालय, कञ्चनपुरले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत शनिबार साँझ आयोजित विशेष कार्यक्रममा फुटबल संघलाई आवश्यक खेल सामग्री तथा कार्यालय व्यवस्थापनमा उपयोग हुने फर्निचर हस्तान्तरण गरेको हो ।
महेन्द्रनगरस्थित खुलामञ्चमा आयोजित कार्यक्रममा बोल्दै कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले सरकारी सहयोगले जिल्लामा फुटबल गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक वर्षको स्वीकृत योजना अन्तर्गत संघलाई प्राप्त सामग्रीले नियमित प्रशिक्षण, प्रतियोगिता सञ्चालन तथा प्रशासनिक व्यवस्थापनमा प्रत्यक्ष सहयोग पुग्ने बताउनुभयो । “यो सहयोगले संघलाई मात्र होइन, समग्र जिल्लाका खेलाडी र फुटबल प्रेमीहरूलाई उत्साहित बनाएको छ । अब खेल गतिविधि अझ व्यवस्थित ढंगले सञ्चालन गर्न सहज हुनेछ,” महासचिव रावलले भन्नुभयो ।

कार्यक्रममा संघका उपाध्यक्ष रमेश चन्दले खेलकुदमा गरिएको लगानीलाई युवामा गरिएको लगानीको रूपमा लिनुपर्ने धारणा राख्नुभयो । उहाँले खेलकुद सामग्री र फर्निचर सहयोगले खेलाडीको क्षमता विकाससँगै संघको संस्थागत संरचना बलियो बनाउन ठूलो भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फुटबल खेल मात्र होइन, अनुशासन, नेतृत्व र अवसर निर्माण गर्ने माध्यम पनि हो । यस्तो सहयोगले जिल्लामा लुकेका प्रतिभालाई उजागर गर्न मद्दत पुग्छ ।” उपाध्यक्ष चन्दले कञ्चनपुरमा फुटबलप्रतिको आकर्षण उच्च रहेको उल्लेख गर्दै स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायबाट निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले खेलकुद क्षेत्रलाई विकासको महत्वपूर्ण आधारस्तम्भको रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले खेलकुदले युवालाई सकारात्मक दिशातर्फ डोर्‍याउने र समाजमा अनुशासन तथा प्रतिस्पर्धी भावना विकास गर्ने उल्लेख गर्नुभयो । “आजका युवालाई कुलतबाट बचाउने प्रभावकारी माध्यम खेलकुद हो । राज्यले खेल पूर्वाधार र प्रतिभा विकासमा निरन्तर लगानी बढाउनुपर्छ,” पूर्व मुख्यमन्त्री रावलले भन्नुभयो ।

त्यसैगरी विशिष्ट अतिथि एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले स्थानीय खेल संघसंस्थाहरूलाई सक्षम बनाउँदै खेलाडी उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । “खेलकुदमा अवसर पाए युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चम्किन सक्छन् । त्यसका लागि स्थानीय तहदेखि नै बलियो आधार निर्माण आवश्यक छ,” मन्त्री सार्कीले बताउनुभयो ।

कार्यक्रममा भीमदत्त नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुशील कुमार भट्टले खेलमैत्री वातावरण निर्माणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकुदलाई सामुदायिक विकास र सामाजिक एकताको माध्यमका रूपमा लिनुपर्ने धारणा राख्नुभयो । हस्तान्तरण कार्यक्रममा कञ्चनपुर जिल्ला फुटबल संघका कार्यसमिति पदाधिकारी, खेलाडी, प्रशिक्षक, खेलप्रेमी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सरकारी स्तरबाट प्राप्त यस्तो सहयोगले स्थानीय तहमा खेल संस्कृतिको प्रवर्द्धन, प्रतिभा पहिचान तथा युवालाई खेलतर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । कञ्चनपुर जिल्ला फुटबल संघले प्राप्त खेल सामग्री तथा फर्निचरको अधिकतम सदुपयोग गर्दै जिल्लाको फुटबल विकासलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत जनाएको छ।

प्रतिकृया दिनुहोस

उग्रतारा बाल बिद्यालयमा एन सि सि तालिम सुरु

बेलौरी  ०२ असार । कञ्चनपुरको बेलौरीमा रहेको उग्रतारा बाल विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन गरिने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम

होलि फेमलिको मैदानमा आयोजित टि २० क्रीकेटको ट्रफी मोर्निङ्गग्लोरी स्कुललाई

कञ्चनपुर, २४ जेठ ।कञ्चनपुर महेन्द्रनगरको मर्निङ्गग्लोरी स्कुलले भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट टी–२०को उपाधी जितेको छ । भीमदत्त नगरपालिका

होलि फेमली स्कुलमा अन्तर बिद्यालय स्तरिय क्रीकेट प्रतियोगिता

कञ्चनपुर  १४ जेष्ठ । कञ्चनपुरको होलीफेम्ली ईङलिश मिडियम स्कुलमा अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ । भीमदत्त नगरपालिका १०