दोधारा चाँदनी जोडने झोलुङ्गे पुल छिटो पुनर्निर्माण होस : पुर्व गृहमन्त्री लेखक
कंचनपुर १४ असोज । नेपाली कांग्रेसका नेता एबम पुर्व गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको दोधाराचाँदनी र भीमदत्त नगरलाई जोड्ने महाकाली नदीमाथिको झोलुंगे पुल टुटेको घटनाप्रति दु:ख व्यक्त गर्दै पुनर्निर्माणको काम यथाशीघ्र अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
पुल टुटेपछि दोधाराचाँदनीको जनजीवन र यातायात सम्पर्कमा परेको कठिनाइप्रति चिन्ता व्यक्त गर्दै लेखकले पुलको पुनर्निर्माण तथा मर्मत सम्भारमा जोड दिएका छन् ।बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो धारणा सार्वजनिक गरेका हुन् ।
लेखकले उक्त पुल कञ्चनपुरका लागि मात्र नभई नेपालको झोलुंगे पुल विकासक्रमकै ऐतिहासिक संरचना भएको उल्लेख गरेका छन् । ‘देशको अन्य भूभागसँग यातायात सम्पर्क नभएको, जनजीवन ज्यादै कठिन भएको दोधाराचाँदनीलाई तत्कालीन अवस्थामा प्रत्यक्ष देशको भूभागसँग जोडेको यो पुल दोधाराचाँदनी वा कन्चनपुर मात्र होइन, देशकै ऐतिहासिक हो,’ उनले लेखेका छन् ।
लेखकले आफू २०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएपछि महाकाली नदीमा झोलुंगे पुल निर्माण गरी दोधाराचाँदनीलाई देशको अन्य भूभागसँग जोड्नुपर्ने विषय संस्दमा उठाउँदा कतिपयले महाकालीमा झोलुंगे पुल बनाउने कुरा असम्भव भन्दै ठट्टा गरेको उनले स्मरण समेत गरेका छन् ।तर सोही अवधिमा पुल निर्माणको काम अघि बढेको र नेपाल सरकारको बजेट, नेपाली प्राविधिक तथा नेपाली निर्माणकर्ताको संलग्नतामा ऐतिहासिक लामो झोलुंगे पुल निर्माण भएको लेखकले उल्लेख गरेका छन् ।
कंचनपुरमा ईएमएस सेवा प्रभावकारी बनाउने बिसयमा सरोकारवाला बिच अन्तरक्रीया
कञ्चनपुर - हुलाक सेवा विभागअन्तर्गत सञ्चालित ईएमएस (Express Mail Service) लाई थप प्रभावकारी, व्यवस्थित, सुरक्षित, छिटोछरितो तथा सेवाग्राहीमैत्री बनाउने
सु प प्रदेशमा पुल कार्यालय शून्य राखेर महाकाली पुल योजना कार्यालय सुर्खेत सारिदै , स्थानीय जनताको चेतावनी
कञ्चनपुर, २५ साउन । सुदूरपश्चिम प्रदेशको एक मात्रै महाकाली पुल योजना कार्यालय कर्णाली प्रदेशको सुर्खेत सारिदै छ । दशक अघि कञ्चनपुरको महेन्द्रनगरमा
सरकारी लगानी बालुवामा पानी ! एसईई नतिजा ०८२ , कंचनपुरका ४ सरकारी बिद्यालय निल,७८ बिद्यार्थीको भबिस्य चौपट
कल्पना साउद ,कञ्चनपुर, ३ जेठ। माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका चार सरकारी विद्यालय निल भएका छन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले

प्रतिकृया दिनुहोस