कंचनपुरमा ईएमएस सेवा प्रभावकारी बनाउने बिसयमा सरोकारवाला बिच अन्तरक्रीया
कञ्चनपुर - हुलाक सेवा विभागअन्तर्गत सञ्चालित ईएमएस (Express Mail Service) लाई थप प्रभावकारी, व्यवस्थित, सुरक्षित, छिटोछरितो तथा सेवाग्राहीमैत्री बनाउने उद्देश्यले कञ्चनपुरमा सरोकारवालाबीच विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सूचना तथा सञ्चार मन्त्रालय तथा हुलाक सेवा विभाग, बबरमहल काठमाडौंको समन्वयमा जिल्ला हुलाक कार्यालय कञ्चनपुरको सहजीकरणमा बिहीबार, २०८३ साउन २८ गते महेन्द्रनगरस्थित होटल कलशमा कार्यक्रम आयोजना गरिएको हो।
अन्तरक्रियामा ईएमएस सेवाको वर्तमान अवस्था, सेवा प्रवाहमा देखिएका व्यावहारिक समस्या, सेवाग्राहीले भोगिरहेका कठिनाइ, डेलिभरी प्रणाली, ट्र्याकिङ, सुरक्षा, गुनासो सुनुवाइ तथा आगामी दिनमा सेवाको गुणस्तर र पहुँच विस्तार गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सूचना प्रविधिको तीव्र विकाससँगै सञ्चारका माध्यममा व्यापक परिवर्तन आए पनि विश्वसनीय, सुरक्षित र सरकारी सेवाको पहुँचका रूपमा हुलाक सेवाको महत्व अझै कायम रहेको भन्दै ईएमएसलाई समयअनुकूल प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
विशेषगरी स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिकले महत्वपूर्ण कागजात, पत्र तथा सामग्री पठाउने क्रममा भोग्नुपर्ने समस्या न्यूनीकरण गर्न छिटो डेलिभरी, प्रभावकारी ट्र्याकिङ प्रणाली, वस्तुको सुरक्षित व्यवस्थापन, सेवाग्राहीलाई समयमै सूचना तथा गुनासोको तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा रहेका थिए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरी तथा प्रहरी नायब उपरीक्षक टेकबहादुर रावत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै कैलाली जिल्ला हुलाक कार्यालयका प्रमुख सिद्धराज जोशी लगायत हुलाक सेवा विभाग तथा सम्बन्धित कार्यालयका अधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता हुलाक सेवा बिभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनिले गरेका थिए भने सञ्चालन प्रयागराज उपाध्यायले गरेका थिए।अन्तरक्रियामा ईएमएस सेवामार्फत स्वदेश तथा विदेशमा पत्र, महत्वपूर्ण कागजात तथा अन्य सामग्री पठाउने सेवाग्राहीलाई सहज, सुरक्षित र समयमै सेवा उपलब्ध गराउने प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने विषयमा विशेष जोड दिइएको थियो।
सहभागीहरूले हुलाकलाई केवल परम्परागत रूपमा चिठीपत्र आदानप्रदान गर्ने संस्थाका रूपमा सीमित नराखी डिजिटल युगको आवश्यकताअनुसार आधुनिक, प्रविधिमैत्री र नागरिककेन्द्रित सार्वजनिक सेवा प्रदायक संस्थाका रूपमा विकास गर्नुपर्ने धारणा राखे।
ईएमएस सेवामा कर्मचारीको क्षमता अभिवृद्धि, प्रविधिको अधिकतम प्रयोग, सेवा केन्द्र विस्तार, नियमित अनुगमन, अन्तरनिकाय समन्वय तथा सेवाग्राहीको गुनासो तत्काल सम्बोधन गर्ने संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा समेत सहभागीहरूको जोड थियो।
विशेषगरी विदेशमा रहेका नेपाली तथा विदेशबाट नेपालमा आवश्यक कागजात, सामग्री र महत्वपूर्ण वस्तु पठाउने नागरिकका लागि ईएमएस सेवा महत्वपूर्ण माध्यम बन्दै गएकाले यसको विश्वसनीयता, पारदर्शिता र जवाफदेहिता थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
कार्यक्रममा सेवा प्रवाहका क्रममा देखिएका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायबीच नियमित समन्वय र सहकार्य बढाउने, कर्मचारीलाई आवश्यक तालिम तथा प्राविधिक ज्ञान प्रदान गर्ने र आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा सुधार गर्ने विषयमा समेत छलफल भयो।
सरोकारवालाहरूले छिटो सेवा, सुरक्षित सेवा र भरपर्दो सेवा’लाई ईएमएसको मुख्य आधार बनाएर अघि बढ्न सके हुलाक सेवाप्रति नागरिकको विश्वास अझ बढ्ने धारणा व्यक्त गरे।
अन्तरक्रियाले कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा ईएमएस सेवाको पहुँच र प्रभावकारिता विस्तार गर्न स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, हुलाक कार्यालय, निजी क्षेत्र तथा सेवाग्राहीबीच आवश्यक समन्वय र सहकार्यको वातावरण निर्माण गर्न महत्वपूर्ण आधार तयार गरेको अपेक्षा गरिएको छ।
कार्यक्रमले हुलाक सेवामा विद्यमान चुनौती मात्र उजागर गरेन, समयअनुकूल सुधार, प्रविधिको प्रयोग र नागरिकको अपेक्षाअनुसार सेवा रूपान्तरण गर्नुपर्ने स्पष्ट सन्देशसमेत दिएको छ। अब छलफलमा उठेका विषयलाई व्यवहारमै कार्यान्वयन गर्दै ईएमएसलाई अझ व्यवस्थित, पारदर्शी, सुरक्षित, छिटो र सेवाग्राहीको पहिलो रोजाइ बन्ने गरी अघि बढाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
सु प प्रदेशमा पुल कार्यालय शून्य राखेर महाकाली पुल योजना कार्यालय सुर्खेत सारिदै , स्थानीय जनताको चेतावनी
कञ्चनपुर, २५ साउन । सुदूरपश्चिम प्रदेशको एक मात्रै महाकाली पुल योजना कार्यालय कर्णाली प्रदेशको सुर्खेत सारिदै छ । दशक अघि कञ्चनपुरको महेन्द्रनगरमा
सरकारी लगानी बालुवामा पानी ! एसईई नतिजा ०८२ , कंचनपुरका ४ सरकारी बिद्यालय निल,७८ बिद्यार्थीको भबिस्य चौपट
कल्पना साउद ,कञ्चनपुर, ३ जेठ। माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका चार सरकारी विद्यालय निल भएका छन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले
आज देखि सरकारी कार्यालयहरु बिहान ९ देखि बेलुकी ५ बजे सम्म
बेलौरी । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा

प्रतिकृया दिनुहोस