बिस्ट र थापा समान मत ल्याएर काङ्ग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित
बेलौरी । काँग्रेसको १५ औं महाधिवेशनमा सुदूरपश्चिम भूगोलबाट कञ्चनपुरका दिवान सिंह विष्ट र बहादुर सिंह थापा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
सुदूरपश्चिम भूगोलबाट ३ केन्द्रीय सदस्यका लागि १३ जना चुनाव लडेका थिए । उनीहरुमध्ये विष्ट र थापा समान मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
डडेल्धुराका जनकराज चटौतले सबैभन्दा बढी मत ल्याएर पहिलो स्थानमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
विष्ट र थापा दुबै सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् । निर्वाचन समितिका अनुसार दुबैले समान १ हजार ७ सय ९९ मत ल्याएका हुन् ।
सबैभन्दा बढी मत ल्याएर निर्वाचित चटौतले २ हजार ५सय ८ मत ल्याएका छन् ।
थापा र विष्ट दुबै काँग्रेस विशेष महाधिवेशनमा सहभागी नभएर पछि संस्थापन पुगेका हुन् । त्यस अघि उनीहरुमध्ये थापा शेर बहादुर देउवा र विष्ट शेखर कोइराला समूहमा थिए ।
यसैगरी सुदूरपश्चिमबाट अन्य क्लस्टरमा अम्बिका चलाउने ३ हजार ७ सय ५५, भुपेश्वर ऐर(भुपी) १ हजार ४सय ७१ र भुवनराज भट्ट ३ हजार ५सय २९मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
महिला खुलामा चलाउने, ३५ बर्ष मुनिका युवा महिला भुपेश्वरी ऐर(भुपी) र ३५ बर्षमुनि युवा ईन्जिनियर भट्ट निर्वाचित भएका हुन् ।
काँग्रेस कञ्चनपुरका पूर्व सभापति हरि प्रसाद बोहरा १ हजार १ सय ९२, पुष्करराज ओझा १ हजार ५ सय ८५, दिपक बहादुर सिह एक हजार ३ सय ११ मत ल्याएका छन् ।
कंचनपुरमा काङ्ग्रेस संस्थापन र ईतर पक्षको छुट्टाछुट्टै भेला
कंचनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरू छुट्टाछुट्टै भेलामा लागेका छन्। यही भदौ २० गतेदेखि २२ गतेसम्म
महाधिवेशन रोकिएन भने काङ्ग्रेस बिभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक
कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
ने क पा कंचनपुरको सपथग्रहण : सरकारका गलतकामको खबरदारी गर्ने
कञ्चनपुर, २६ साउन।नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरले शपथ ग्रहण तथा नेता कार्यकर्ताहरुलाई राजनैतिक प्रशिक्षण दिएको छ । मंगलबार महेन्द्रनगरमा

प्रतिकृया दिनुहोस