लालझाडी : दोँदानदी कटान नियन्त्रण गर्न नदिकिनारमा वृक्षारोपण

लालझाडी ,२१ श्रावण।दोदा नदीको कटानबाट प्रभावित तथा विपद् जोखिमयुक्त क्षेत्र लालझाडी गाउँपालिका वडा नम्वर २ मा प्रेक्टिकल एक्सन, PESWAN कंचनपुर , NNSWA, Mercy Corps , साथै SAAN परियोजनाको सहकार्य र लालझाडी गाउँपालिकाको आयोजनामा “हरियाली लालझाडी, सुरक्षित नदी किनार-जलवायुउत्थानशील समुदाय हाम्रो आधार”भन्ने मूल नाराका साथ बिहीबार वृक्षारोपण कार्यक्रमको औपचारिक उद्घाटनसँगै काडेतार र घेराबारसहित वृक्षारोपण गरिएको छ।कार्यक्रमको प्रमुख आतिथ्यता लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गर्नुभएको थियो भने कार्यकममा गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नम्बर २ का वडा अध्यक्ष एवं प्रवक्ता आसाराम राना, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी, वडा नम्बर २ विपद् व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।दोदा नदीको निरन्तर कटानका कारण जोखिम बढ्दै गएको क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले दोदा नदीको कटान न्यूनीकरण, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि वृक्षारोपण अभियान प्रभावकारी हुने बताउँदै काडेतार तथा घेराबारसहित रोपिएका बिरुवाको संरक्षणमा स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता संरक्षणमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।करिब ३ लाख ५० हजार रुपैयाँको लागतमा दोदा नदी किनारमा २५० मिटर तारवार निर्माण गरी सिसौ,मसला,बाँस आँप, भेटेभर घास,पपलर र सगुन लगायतका विरुवाहरु रोपिएका छन।

 

प्रतिकृया दिनुहोस

हजारौं हात एउटै लक्ष्य : कृष्णपुरको ऐतिहासिक सरसफाइ अभियान

हेमा भट्ट, साउन १०,कञ्चनपुर - "स्वच्छ वातावरण, स्वस्थ नागरिक हाम्रो साझा जिम्मेवारी" भन्ने मूल नारालाई आत्मसात् गर्दै कृष्णपुर नगरपालिकाले

कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

कञ्चनपुर,  २४ असार । कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  जिल्ला घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमबिच कञ्चनपुरलाई पूर्ण खोप

बेलौरी नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा १७६ थान कृषि यान्त्रीकिकरण सामग्री बितरण

बेलौरी  २३ असार। कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत मंगलबार कृषि क्षेत्रमा