कंचनपुरको शुक्लाफाटा बनसमितिका स्थानीयहरुले पनि मनाए बुढी पोल्ने पर्ब

कञ्चनपुर, असोज १ गते । द्वापर युगका भगवान् श्रीकृष्णसँग सम्बन्धित राक्षसी पूतनाको प्रतिमा जलाएर  शुक्लाफाटा नगरपालिका वन समिति का स्थानीयहरूले पनि आज ‘बुढी पोल्ने’ पर्व मनाएका छन् ।  सुदूर पहाडी जिल्लाबाट बसाईसरी आएका स्थानीयहरूले गत भदौ सङ्क्रान्तिदेखि सङ्कलन गरेका हाँगा, काठ, झ्याङलगायत सामग्रीबाट तयार गरिएको राक्षसी पूतनाको प्रतिमा एक ठाउँमा भेला भएर जलाएका हुन् ।  

स्थानीयहरूले उक्त प्रतिमालाई बिहीबार साँझ सामूहिक रूपमा  जलाउनुका साथै काँक्रो खाँदै चारै दिशातर्फ ‘लुतो’ फाल्ने प्रचलन रहिआएको छ । स्थानीय जनविश्वासमा ‘बुढी’लाई पूतनाको प्रतीकका रूपमा लिइन्छ । पूतनाको अन्त्यको सम्झनामा यो पर्व मनाउने मान्यता रही आएको  देउडा  संरक्षण प्रतिष्ठान  कंचनपुरका अध्यक्ष गोदावरी ठगुन्ना मार्कण्डले बताउनुभयो । धार्मिक तथा पौराणिक मान्यताअनुसार बालबालिकालाई विषालु दूध खुवाएर मार्न खोज्ने राक्षसी पूतनालाई भगवान्  श्रीकृष्णले वध गरेको खुसीयालीमा यो पर्व मनाइँदै आएको छ ।

स्थानीय किंवदन्तीअनुसार श्रीकृष्णले पूतनाको वध गरेपछि सत्यको विजयको स्मरण स्वरूप ‘बुढी पोल्ने’ पर्व मनाउन थालिएको हो । प्रत्येक वर्ष असोज १ गते मनाइने यो पर्व यहाँको मौलिक संस्कृति र परम्परासँग जोडिएको  देउडा प्रतिस्ठान कंचनपुरकि  कोषाध्यक्ष  द्रोपती जोशिले बताउनुभयो ।  यस पर्वले पशु चौपायामा रोग व्याधि नलाग्ने जनविश्वाससमेत रहेको उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

सुदुरपस्चिममा आज

 बेलौरी । सुदूरपश्चिम प्रदेशका भिभिन्न  मौलिकता झल्किने अनेकौं चाडपर्व हरुमा एक विशेष पर्व  "घस त्यार"भाद्र महिनाको अन्तिम दिन  मनाउने

कंचनपुरमा वालविवाह रोकथामका लागि सरोकारवाला सित अन्तरक्रिया

 कंचनपुर ७ भदौ ।कञ्चनपुरमा बालविवाहको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायसँगै समुदायस्तरबाट थप प्रभावकारी पहल गर्नुपर्नेमा सरोकारवालाले

कंचनपुरमा वालविवाह रोकथामका लागि सरोकारवाला सित अन्तरक्रिया

 कंचनपुर ७ भदौ ।कञ्चनपुरमा बालविवाहको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकायसँगै समुदायस्तरबाट थप प्रभावकारी पहल गर्नुपर्नेमा सरोकारवालाले