कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

कञ्चनपुर,  २४ असार । कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  जिल्ला घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमबिच कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  जिल्ला घोषणा  गरिएको हो। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत ‘स्थानीय स्वामित्व सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ नाराका साथ घोषणा गरिएको  छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख नरेन्द्र रावलले यसअघि जिल्लाका नाैवटै पालिकाहरूमा पूर्ण खोपयुक्त घोषणा गरेको बताए। उनका अनुसार बालबालिकाले पाउनुपर्नेदेखि विगतका छुट सबै बालबालिकाले खोप लगाइसकेका छन् । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले एक वर्षमुनि र सोभन्दा बढी उमेरका बालबालिकालाई दिनुपर्ने सबै प्रकारका खोप लगाइएको बताए । उनका अनुसार जिल्लाभरि १६८ खोप केन्द्रमार्फत  ० देखि १५ महिनाभित्रका आठ हजार ६३७, बिसिजी, पेन्टा, ओपिभी पिसिभी रोटा, एफआइभिपी दारुला, रुबेलाका छुट १८ बालबालिकालाई पनि खोप लगाइएको छ । 

० देखि ११ महिनाका सात हजार ९८८, ११ देखि २३ महिनाका सात हजार ८७७, नाै  हजार ४२७ गर्भवती महिला र २४ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोप लगाइसकेको छ । कार्यक्रममा जिल्लाका विभिन्न पालिकामा कार्यरत खोप सहजकर्ता स्वास्थ्यकर्मीलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा बेलडाँडीकी लक्ष्मी ठकुरी, कृष्णपुरकी विष्ना जोशी, शुक्लाफाँटाकी कुमारी महता, बेदकोटकी दिलेश्वरी अवस्थी, भीमदत्तकी निर्मला जोशी र पुष्पा अवस्थी, दोधाराचाँदनीकी मीना विष्ट, पुनर्वासकी विमला जोशी, लालझाडीकी रुक्मणी चौधरी, महाकाली प्रादेशिक अस्पतालकी हेमन शाहलाई सम्मान गरिएको छ ।

जिल्ला खोप सुनिश्चितता समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जनस्वास्थ्यका लागि सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाइसकेकाले थप स्वास्थ्यमा सुधार हुने अपेक्षा राखे । कार्यक्रममा जिल्लाभरिका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

हजारौं हात एउटै लक्ष्य : कृष्णपुरको ऐतिहासिक सरसफाइ अभियान

हेमा भट्ट, साउन १०,कञ्चनपुर - "स्वच्छ वातावरण, स्वस्थ नागरिक हाम्रो साझा जिम्मेवारी" भन्ने मूल नारालाई आत्मसात् गर्दै कृष्णपुर नगरपालिकाले

बेलौरी नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा १७६ थान कृषि यान्त्रीकिकरण सामग्री बितरण

बेलौरी  २३ असार। कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत मंगलबार कृषि क्षेत्रमा

बेलौरी उद्योग बाणिज्य संघको अध्यक्षमा प्रकाश राज पन्त सर्वसम्मत

बेलौरि २० असार । कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाबाट संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत