कंचनपुरको कारागार भित्र थुनुवा कैदीहरु बिच झडप, ५ जना घाइते

महेन्द्रनगर  २५ चैत  । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र थुनुवा कैदीबीच झैझगडा हुँदा ५ जना घाइते भएका छन् । बुधबार मध्यान्ह कारागारमा रहेका ३७२ जना थुनुवा कैदीमध्ये केहीबीच आपसी विवाद हुँदा होहल्ला, गालीगलौज तथा झैझगडा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनामा घाइते भएका कैदीहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाइएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा शुक्लाफाँटा नगरपालिका(७ का २३ वर्षीय ओमप्रकाश घरेडी, शुक्लाफाँटा नगरपालिका(११ का १९ वर्षीय भुवन नाथ, सोही स्थानका २६ वर्षीय भुवन ऐर, भीमदत्त नगरपालिका(७ का अन्दाजी २५ वर्षीय आयुष बम र बेलौरी नगरपालिका(८ का अन्दाजी २६ वर्षीय राजु दमाई रहेका छन् । उनीहरूमध्ये घरेडी, नाथ र ऐरको टाउकोमा चोट लागी अवस्था मध्यम रहेको छ भने बम र दमाईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरी निरीक्षकको कमाण्डमा १९ जनाको टोली खटाइएको र कारागारको अवस्था हाल नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

बिधुत लापरवाहीले लियो एकजनाको ज्यान

बेलौरी २७साउन । नेपाल विद्युत प्राधिकरणको लापरवाहीले कञ्चनपुरको बेलौरीकी एक महिलाको मृत्यु भएको छ । विद्युतको लापरवाहीले बेलौरी नगरपालिका ६

एक युवकले पेटभित्र लुकाएर ल्याएको खैरो हिरोइन दिशा गराएर बरामद

 कंचनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट पेटभित्र लुकाएर ल्याइएको ७.७५ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय

घरमाथि रुख ढल्दा दुई जना घाइते, एक घरमा क्षति

महेन्द्र भाट, बेलौरी, कञ्चनपुर, २२ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ०५ उदयपुर शिविरमा रहेको एक घरमा सालको रुख ढल्दा दुई जना घाइते भएका छन् भने

↑