घरमाथि रुख ढल्दा दुई जना घाइते, एक घरमा क्षति
महेन्द्र भाट, बेलौरी, कञ्चनपुर, २२ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ०५ उदयपुर शिविरमा रहेको एक घरमा सालको रुख ढल्दा दुई जना घाइते भएका छन् भने घरमा क्षति पुगेको छ । बिहीबार बिहान आठ बजेको समयमा अकस्मात् रुख ढलेर घर माथि खस्दा आंशिक क्षति भएको छ भने घरभित्र रहनु भएका घरमुली ९० वर्षीय शंकर राना र उहाँका छोरा ५२ वर्षीय प्रेमराज राना घाइते हुनु भएको छ । उहाँहरुको बेलौरीस्थित जगदम्बा अस्पतालमा उपचार पश्चात् घर पठाइएको छ ।
घरमा रूख ढलेको थाहा पाएपछि कुण्डा सव डिभिजन वन कार्यालय, सामुदायिक वन, सुरक्षा निकायका प्रतिनिधिहरु तथा स्थानीय जनप्रतिनिधि लगायतले घटनास्थलको अनुगमन गर्नुभएको छ । त्यसक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी सहितको टोलीले नगरपालिका मार्फत राहत स्वरुप त्रिपाल उपलब्ध गराएको उक्त गाउँका भलमन्सा धोकराज रानाले जानकारी दिनुभएको छ ।
२०६४ सालको दोदा नदिमा आएको बाढीबाट विस्थापित उदयपुर वस्ती विगत १८ वर्षदेखि सीतानगर रामनगर सामुदायिक वन क्षेत्रमा बस्न बाध्य छ । त्यति बेलाको बाढीले दुई जनाको ज्यान लिनुका साथै करिव एक दर्जन चौपायाको क्षति गरेको थियो । उक्त घटनापछि ७४ परिवार विस्थापित भएका थिए । अहिलेसम्म सरकारले उहाँहरुको पुनःस्थापना गर्न सकेको छैन ।

कंचनपुरको कारागार भित्र थुनुवा कैदीहरु बिच झडप, ५ जना घाइते
महेन्द्रनगर २५ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र थुनुवा कैदीबीच झैझगडा हुँदा ५ जना घाइते भएका
दार्चुलाको लेकम गाउँ पालिकाका शिक्षा शाखा प्रमुख ओझा को निधन
दार्चुला२२बैशाख।दार्चुलाकोलेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते भएका लेकम गाउँपालिकाका शिक्षा युवा तथा
कञ्चनपुर : सीमा क्षेत्रमा खैरो हिरोइनसहित एक जना पक्राउ
कञ्चनपुर, १५ चैत्र । भारतबाट नेपालतर्फ अवैध रूपमा लागुऔषध ल्याउँदै गरेका एक युवक कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ बाट पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस