स्वर्णयुगीन चेतनालाई जवाफ: 'हो हामी ढुङ्गे युगमै छौ '

हो हामी ढुङ्गे युगमै छौँ, ढुङ्गासँग हाम्रो जीवन पद्दति जोडिएको छ। हामीले पूज्ने देवतादेखि मन्दिर र हामी बस्ने घर पनि ढुङ्गाकै छन्। यतिमात्र कहाँ हो र ? हाम्रा ज्ञान आर्जन गर्ने विद्यालयदेखि मास्टरले लेख्ने खरी पनि ढुङ्गाकै छन्। अन्न पिध्ने जातोदेखि मसला पिध्ने सलौटो लोहोडो आदि सबै ढुङ्गाकै छन्। 

अङ्ग्रेजहरूसँग लड्ने हतियार पनि ढुङ्गाकै थिए। सत्य भनौँ भने हामी कहिल्यै ढुङ्गाबाट अलग हुन सकेनौ र सक्दैनौँ पनि। त्यसैले ढुङ्गा हाम्रो आवश्यकता हो, ढुङ्गा धर्म, संस्कृति, इतिहास आजीविका हो। हाम्रा बाँजे बराजुले मात्रै होइन हामीले पनि ढुङ्गा फोडेर जीवन निर्वाह गर्दै आइरहेका छौँ। त्यसैले ढुङ्गा हाम्रो पहिचान हो। त्यही पहिचान जीवित राख्न हामी ढुङ्गे युगमै रहन बाध्य मात्र होइन रहर पनि गरेका हौँ। हामीलाई कसैले ढुङ्गे युगका भन्दा फरक पर्दैन, गौरव महसुस गर्दछौँ किनकी हामी तपाईहरूकोजस्तो स्वर्णयुगमा बाँच्न चाहादैनौ। 

यो देशको लागि बलिदानी दिने सहिद दसरथ चन्द पनि यसै ढुङ्गे समुदायका हुन्। बझाङ्गबाट कखराको हस्तलिखित ठेली लिएर राजधानीमा विद्यालय खोल्ने जयपृथ्वी बहादुर सिंह पनि यसै ढुङ्गे समुदायका थिए। नेपालकै पहिलो निर्वाचित महिला सांसद र पहिलो महिला मन्त्री पनि यसै ढुङ्गेयुगका उपज हुन्। नेपालकै पहिलो सहिद बाँकावीरदेखि किसान नेता भीमदत्त पन्त सबै यही ढुङ्गेयुगबाट उदाएका हुन्। त्यसैले हामी तपाईले भिराइदिएको ढुङ्गेयुगप्रति गर्व गर्छौँ। 
आफूलाई आधुनिक र स्वर्णयुगका सम्झिने तपाईहरूले भिराइदिएको ढुङ्गेयुग कसरी भयो कहिले गहिरिएर सोच्नुभएको छ ? हामीलाई ढुङ्गेयुगमा राख्ने को हो ? यसको उत्तर खोज्दा हामीबाटै कर तीरो उठाएर हामीलाई नै बद्नाम गर्दै हिड्ने तपाई र तपाईजस्तै अरु सरकारमा बसेकाहरूले नै हामीलाई ढुङ्गेयुगमा बाँच्न बाध्य बनाएको हो। अहिले जसरी हाम्रो संस्कृतिका बारेमा नबुझिकन बोलेर तपाई ढुङ्गेयुगको उपमा भिराउनु भयो कहिले यस क्षेत्रको विकासका लागि आवाज उठाएका छौ ? राज्यले दिने सेवा सुविधा बाँडफाँड गर्दा यहाँको आवश्यकता हेरेर बाँडफाँड गरेका छौँ ? हाम्रो पूरै प्रदेशको बजेट तपाईका एउटै स्थानीय तहको भन्दा कम हुँदा कहिले यस्तो विभेद किन भनेका छौँ ? सायद यसको उत्तर तपाई कहिले पनि दिन चाहान्नौ। तपाई स्वर्णयुगमा पुग्ने बेलासम्म हामी ढुङ्गेयुगमै रहनुपर्ने कारण के ? सायद यसको जवाफ तपाईसँग केही हुँदैन। कहिले छाउपडीको नाममा, कहिले देउकीप्रथका नाममा बदनाम गर्नुबाहेक र त्यसैबाट एनजिओ र आइएनजिओबाट भुँडी भर्नुबाहेक तपाई योगदान के हो ? त्यसैमध्येको एक हो वलिप्रथा पनि। 

तपाईलाई हिंसाभएकोमा चिन्ता भन्दा पनि अरुलाई ढुङ्गेयुगका देखाएर आफूले आधुनिक देखिनु मात्र होइन बरु त्यसैबाट एक रोटी अरु सेक्नु हो। यदि तपाईलाई हिंसाको चिन्ता हुन्थ्यो भने सबैभन्दा पहिले राजधानीमै हुने हिंसाको बारेमा बोल्नुहुन्थ्यो होला। दैनिक पाँचलाख केजीभन्दा बढी मासु खपत हुने राजधानी स्वर्णयुगमा बाँचेको र हामी ढुङ्गेयुगमा कसरी ? के हिंसा पनि भूगोल हेरेर फरक फरक हुने हो र ? मलाई थाहा छ यसको सजिलो उत्तर तपाईसँग छ। धर्मको नाममा हिंसा गलत हो। हो, म मान्छु धर्मका नाममा कुनै निमुखा जीवको हत्या गर्नु महापाप हो। यो त तपाई हाम्रो चित्त बुझाउने उत्तर हो तर मृत्यु हुनलागेको पसुलाई धर्मका लागि हुने हत्या र स्वर्णयुगीहरुका आहारका लागि हुने हत्या भन्ने कुरा थाहा हुँदैन। 

धर्मका लागि गरिएको पनि हत्या हो, पैसा कमाउनका लागि गरिएको हत्या पनि हत्या हो। मलाई मन्दिरको बधशाला र सहरमा खोलिएका बधशाला दुबैमा कुनै अन्तर हुँदैन जस्तो लाग्छ। यी दुबैठाउँमा हुने भनेको हत्या नै हो। हत्याका दुई अर्थ हुनै सक्दैनन्। त्यसैले या त हत्या हुने सबै ठाउँलाई ढुङ्गेयुगको संज्ञा दिनुहोस् होइन भने कुनै एउटा भूगोल र एउटा धार्मिक समुदायप्रतिको यस्तो नीच अभिव्यक्तिका लागि माफी माग्नुहोस्।

बैतडीमा हजारौँ मान्छे उपचार नपाएर मरिराखेका छन्, हजारौँ मान्छे भिरबाट खसेर मरिराखेका छन्, एकएक घण्टा हिडेर विद्यालय पुग्नुपर्छ। बाटोघाटोको समस्या छ। धेरै ठाउँमा बिजुलीबत्ती र सडक पुगेको छैन। कयौँ सुत्केरीहरू अस्पताल लग्न खोज्दा बिचबाटोमै ज्यान गुमाइरहेका छन्। रोजगारीको समस्या छ। वर्षभरी खेतीकिसानी गरेर एक महिना खान पुग्ने अन्न फल्दैन। वानर आतङ्कले किसानहरू आजित भइसकेका छन्। 

कसैले यी मुद्दा पनि उठाइदिनुहोस् न। आफै सरकारमा बसेर  ढुङ्गे युगका भन्न लाज लाग्दैन ?  दशैँको मुखमा पसुहिंसाका विरोधीहरूले कहिले यी मुद्दामा बोलेको सुन्नुभएको छ ? अरुका कुरा छोडौँ बैतडीकै कतिपय मानिसहरूले वलिका विरुद्ध खुब आवाज उठाए, एकजनाले त सेतो पहिरन लगाएर मृत्युसंस्कारको नाटक मञ्चन गर्न पनि भ्याएछन्। आफूलाई दयालु र सभ्य सम्झिने यिनीहरूले कहिले यस्ता मुद्दा  उठाएनन्। विश्वविद्यालयका प्रोफेसरदेखि कथित सामाजिक अभियन्ता मान्नेहरूले हामीलाई दानवको संज्ञा भिराइरहँदा तपाईं भगवानहरूले बैतडीका लागि गरेका एउटा पनि राम्रो काम भन्नुहोस् त ? संस्कृति परिवर्तनशील छ। 

एकै पटकमा सबै परिवर्तन गर्न सम्भव छैन्। सामाजिक सञ्जालमा बोल्न जति सजिलो छ काम गर्न त्यति सजिलो छैन। तपाईहरू साच्चिकै ढुङ्गेयुगबाट माथि उठिसकेका हौ भने बैतडीलाई ढुङ्गेयुगबाट माथि उठाउन एउटा राम्रो अस्पताल खोल्न लडिदिनुहोस्, एउटा प्रविधिक शिक्षालयका लागि आवाज उठाइदिनुहोस्, सडक, बाटोघाटो र बिजुलीबत्तीका लागि आवाज उठाइदिनुहोस्। किसानका लागि आवाज उठाइदिनुहोस्। रोजगारी नपाएर गरिबीको रेखामुनी रहेकाहरूका लागि आवाज उठाइदिनुहोस्। नत्र सहरमा मासुको पसल खोलेर वलिको विरोध गर्न बन्द गर्नुहोस्। मान्छे मार्दा क्रान्तिकारी बन्ने, पसलमा राँगा, बोका, खसी, कुखुरा झुन्डिएर उद्यमी बन्ने वलिमा मार्दा मात्रै राक्षस र ढुङ्गेयुग भन्ने कस्तो दया हो ? हत्या मन्दिरमा होस या पसल वा बधशालामा हत्या नै हो। यदि पसुहरूमाथि दया जागेकै हो भने यी सबै बन्द गरौँ। मन्दिरमा दिइने वलि र बधशालामा गरिने पशुबध दुबै हत्या नै हुन्। यी दुबै कुनै हालतमा मानवीय काम होइनन्।

प्रतिकृया दिनुहोस

बेलौरी १० शिवनगरमा रामलिला

बेलौरी । कञ्चनपुरको बेलौरी नगरपालिका-१०, शिवनगरमा धार्मिक, सांस्कृतिक तथा सामाजिक जागरण अभिवृद्धि गर्ने उद्देश्यले पहिलोपटक रामलीला नाटक मञ्चन हुने

पवनदुत यातायात सेवा प्रा. लि ले संचालनमा ल्यायो 'बाह्रसिङ्गा बेलौरी रकेट'

 बेलौरी । कञ्चनपुरको पवनदुत सार्वजनिक यातायात सेवा प्रा. लि. ले जिल्लाको दक्षिणी भेगदेखि सिधै सघीय राजधानीमा यातायात सेवा विस्तार गरेको छ । पवनदुत

दोधारा चाँदनीलाई बाँकी नेपाल सङ्ग जोडने झोलुङ्गे पुल भत्कियो

कञ्चनपुर, १४ असोज । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल क्षतिग्रस्त अवस्थामा

↑