दार्चुलाको लेकम गाउँ पालिकाका शिक्षा शाखा प्रमुख ओझा को निधन
दार्चुला२२बैशाख।दार्चुलाकोलेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते भएका लेकम गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव राज ओझाको निधन भएको छ ।
लेकम गाउँपालिकाकै वडा नम्बर ५ चौपातामा शैक्षिक कार्यक्रम सम्पन्न गरी घर फर्किने क्रममा माथिबाट खसेको ढुंगा पिठ्युँमा लागेर गम्भीर घाइते भएका अधिकृत ओझाको मृत्यु भएको हो । ढुंगा लागेपछि ओझाले चलाएको मोटरसाइकल समेत दुर्घटना भएको थियो ।उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले बताउनुभयो । अधिकृत ओझाको निधनले लेकमको शिक्षा क्षेत्रमै क्षति पुगेको उहाँको भनाइ छ । ओझाको मृत्युको खबरले लेकमबासी स्तब्ध भएका छन् ।
कंचनपुरको कारागार भित्र थुनुवा कैदीहरु बिच झडप, ५ जना घाइते
महेन्द्रनगर २५ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र थुनुवा कैदीबीच झैझगडा हुँदा ५ जना घाइते भएका
घरमाथि रुख ढल्दा दुई जना घाइते, एक घरमा क्षति
महेन्द्र भाट, बेलौरी, कञ्चनपुर, २२ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ०५ उदयपुर शिविरमा रहेको एक घरमा सालको रुख ढल्दा दुई जना घाइते भएका छन् भने
कञ्चनपुर : सीमा क्षेत्रमा खैरो हिरोइनसहित एक जना पक्राउ
कञ्चनपुर, १५ चैत्र । भारतबाट नेपालतर्फ अवैध रूपमा लागुऔषध ल्याउँदै गरेका एक युवक कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ बाट पक्राउ परेका छन् ।

प्रतिकृया दिनुहोस