कञ्चनपुर : सीमा क्षेत्रमा खैरो हिरोइनसहित एक जना पक्राउ
कञ्चनपुर, १५ चैत्र । भारतबाट नेपालतर्फ अवैध रूपमा लागुऔषध ल्याउँदै गरेका एक युवक कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ बाट पक्राउ परेका छन् । बेलौरी नगरपालिका-६, नेपाल–भारत सीमा क्षेत्र बैशाखास्थित छोटी भन्सार कार्यालय नजिकै सशस्त्र प्रहरी वरिष्ठ हवल्दार अर्जुनबहादुर बिष्टको कमाण्डमा खटिएको सात सदस्यीय चेकप्वाइन्ट टोलीले भारतबाट पैदल आउँदै गरेका २३ वर्षीय रोहित पन्तलाई शंका लागी जाँच गरेको थियो ।
चेकजाँचका क्रममा पन्तको झोलाभित्र लुकाइ राखेको ब्राउन सुगर जस्तो देखिने (खैरो हिरोइन) प्लास्टिक सहित ५५.२८ ग्राम (शुद्ध तौल ५३.९८ ग्राम) फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । साथै, रेडमी मोबाइल १ थान, नेपाली रुपैयाँ २,९४० र भारतीय रुपैयाँ ८१० समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र भट्टले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले पन्तलाई नियन्त्रणमा लिई बरामद सामानसहित ईलाका प्रहरी कार्यालय बेलौरीमा आवश्यक कानुनी कारबाहीका लागि बुझाएको छ ।
कंचनपुरको कारागार भित्र थुनुवा कैदीहरु बिच झडप, ५ जना घाइते
महेन्द्रनगर २५ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुरस्थित कञ्चनपुर कारागारभित्र थुनुवा कैदीबीच झैझगडा हुँदा ५ जना घाइते भएका
घरमाथि रुख ढल्दा दुई जना घाइते, एक घरमा क्षति
महेन्द्र भाट, बेलौरी, कञ्चनपुर, २२ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ०५ उदयपुर शिविरमा रहेको एक घरमा सालको रुख ढल्दा दुई जना घाइते भएका छन् भने
दार्चुलाको लेकम गाउँ पालिकाका शिक्षा शाखा प्रमुख ओझा को निधन
दार्चुला२२बैशाख।दार्चुलाकोलेकम गाउँपालिका वडा नम्बर ४ गोदालीमा मोटरसाईकल दुर्घटना हुँदा गम्भीर घाइते भएका लेकम गाउँपालिकाका शिक्षा युवा तथा

प्रतिकृया दिनुहोस