कंचनपुरमा एमाले काङ्ग्रेसको ओली लेखक पक्राउ बिरुद्ध संयुक्त आन्दोलन
कञ्चनपुर – कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विरोधमा दुबै दलले सयुक्त रुपमा प्रदर्शन गरेका हुन् । कञ्चनपुर लेखकको गृहजिल्ला हो ।
कञ्चनपुरको महेन्द्रनगरमा सरकारविरुद्ध बजार परिक्रमा गर्दै नारावाजी गरि भेटघाट चौकमा कोणसभा सहित टायर बालेर विरोध जनाइएको छ । प्रदर्शनमा ओली र लेखकलाई रिहाइ गर्न माग गरिएको छ । यस्तै गृहमन्त्री सुदन गुरुङको राजीनामा मागिएको छ ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले आज पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरेको छ ।
काङ्ग्रेस नेता एबम पुर्वमन्त्री बडु काङ्ग्रेसको केन्द्रीय समिती सदस्यमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य मा मनोनीत हुनुभएको छ। नेपाली
हिरासत मुक्त भए ओलि र लेखक
काठमाडौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ । सर्वोच्च अदालतको आदेशअनुसार
नेपाली काङ्ग्रेस कंचनपुरले बोलायो आकस्मिक बैठक
कंचनपुर । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले

प्रतिकृया दिनुहोस