हिरासत मुक्त भए ओलि र लेखक


काठमाडौ  । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ । सर्वोच्च अदालतको आदेशअनुसार ओलीलाई पत्नी राधिका शाक्य र लेखकलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले   बताए ।

ओली र लेखकको परिवारले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले गत सोमबार काठमाडौं अदालतबाट थपिएको ५ दिन म्याद सकिएपछि हिरासतमुक्त गर्न आदेश दिएको थियो।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले हिरासतमा राखेको कुरालाई ‘कानुन प्रतिकूल भन्न नमिल्ने’ उल्लेख गरे पनि म्याद थप भएको अवधिमा अनुसन्धान सम्पन्न गरेर मुद्दा चल्ने, नचल्ने निर्णय गरी सोही अनुसार गर्न आदेश दिएको थियो ।

‘सो हुन नसकेमा तेस्रो पटक म्याद थप भएको अवधिको उपरान्त ओली र लेखकलाई मुलुकी फौजदारी संहिता, २०७४ को दफा १५ को प्रक्रिया पूरा गरी हिरासतमुक्त गरी थप अनुसन्धान कार्य सम्पन्न गर्न’ आदेशमा उल्लेख थियो ।

अदालतले ओली, लेखकको बयान र अनुसन्धानका अन्य कार्यसमेत सम्पन्न भइसकेको मिसिलबाट देखिएको समेत उल्लेख गरेको थियो ।

 छानबिन समितिले कारबाही सिफारिस गरेकामध्ये तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई समेत खोजी भएका बेला उपस्थित हुने गरी छाडिएको उल्लेख गरिएको थियो ।

प्रतिकृया दिनुहोस

कंचनपुरमा काङ्ग्रेस संस्थापन र ईतर पक्षको छुट्टाछुट्टै भेला

 कंचनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरू छुट्टाछुट्टै भेलामा लागेका छन्। यही भदौ २० गतेदेखि २२ गतेसम्म

महाधिवेशन रोकिएन भने काङ्ग्रेस बिभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

ने क पा कंचनपुरको सपथग्रहण : सरकारका गलतकामको खबरदारी गर्ने

कञ्चनपुर, २६ साउन।नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरले शपथ ग्रहण तथा नेता कार्यकर्ताहरुलाई राजनैतिक प्रशिक्षण दिएको छ । मंगलबार महेन्द्रनगरमा