दार्चुलाबाट प्रतिनिधि सभा सदस्यमा एमालेका गणेश सिंह ठगुन्ना

दार्चुला।  प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेश सिंह ठगुन्ना विजयी हुनुभएको छ । ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत भुवन गिरीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८८५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार लक्ष्मण दत्त जोशीले ३ हजार ६५ मत प्राप्त गर्नुभयो। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार राजेश चन्दले ६६५ र नेकपा (माओवादी) का उम्मेदवार नवराज भट्टले २८५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

काङ्ग्रेस नेता एबम पुर्वमन्त्री बडु काङ्ग्रेसको केन्द्रीय समिती सदस्यमा मनोनीत

काठमाडौं  । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य मा  मनोनीत हुनुभएको छ। नेपाली

हिरासत मुक्त भए ओलि र लेखक

काठमाडौ  । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ । सर्वोच्च अदालतको आदेशअनुसार

कंचनपुरमा एमाले काङ्ग्रेसको ओली लेखक पक्राउ बिरुद्ध संयुक्त आन्दोलन

कञ्चनपुर – कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश