सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्धारा अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग
कुवेत । सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ । सरिताको केही दिन अगाडि अत्याधिक रक्तश्रावको कारणले मृत्यु भएको थियो भने सरिताका श्रीमान अपांग छन्। अछामको ढकारी गाउँपालिका - ८ मा रहेका उनका चार छोराछोरीको बिचल्ली हुने भएपछी सुदूरपश्चिम क्षेत्रका कुवेतमा रहेका सुदुरपश्चिमेली नेपाली समाजमा आवद्ध नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् । सुदुरपश्चिमेली नेपाली समाज कुवेत यस्ता सामाजिक कार्यमा निकै सक्रिय रहेको छ । यस भन्दा अघि पनि उक्त समाजले यस क्षेत्रका विभिन्न समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ ।
समाजसेवी अस्मिता कुवँरको नेतृत्वमा २२ हजार १ सय ४३ रुपैयाँ सहयोग गरिएको समाजले जानकारी दिएको छ । कुवँरले यस भन्दा अघि पनि मृतक जैशीका छोराछोरीको लागि भन्दै व्यक्तिगत रुपमा २ हजार ५ सय ५० रुपैयाँ सहयोग गरेकी थिइन् ।
सु.प. समाज कुवेतको सातौ वार्षिकोत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै ।
कुबेत, १० फागुन । सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिकोत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ । "सुदुरपश्चिमका लागि
भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन
नयाँ दिल्ली : भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि उनलाई बिहीबार
बङ्गलादेशकी प्रधानमन्त्रीले देश छोडेपछि सेना प्रमुखले अन्तरिम सरकार बन्ने बताएका छन्
ढाका २१ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि

प्रतिकृया दिनुहोस