बेलौरी उद्योग बाणिज्य संघको अध्यक्षमा प्रकाश राज पन्त सर्वसम्मत
बेलौरि २० असार । कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाबाट संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत चयन हुनुभएको छ।
साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्र सिंह बुडाल, उद्योग उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिवमा रामेश्वर न्यौपाने, सचिवमा रिता चौधरी तथा सदस्यहरूमा कैलाश सिंह बिष्ट, यमबहादुर खत्री, विष्णुमाया अर्याल, बासुदेव भट्ट सीतल, दिनेश चौधरी, अलोना श्रेष्ठ, तारा सिंह बिष्ट र अशोक चौधरी सर्वसम्मत चयन हुनुभएको छ।बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित साधारण सभाको अध्यक्षता संघका अध्यक्ष हिरा सिंह बिष्टले गर्नुभएको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर प्रमुख अतिथि तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा विशिष्ट अतिथि रहनुभएको थियो। त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउँद, बेलौरी नगरपालिका–४ का वडाध्यक्ष अर्जुन ढकाल, पूर्वअध्यक्षहरू टेकबहादुर साउद, आत्मराम दाहाल, धनेशदत्त पन्त र लक्ष्मीनारायण चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी तथा व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।सभामा संस्थाका कोषाध्यक्ष महेन्द्र सिंह बडालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।निर्वाचन मण्डलमा नारायण सिंह ऐरी, शेरबहादुर बिष्ट र विष्णुप्रसाद तिवारी रहनुभएको थियो।
आर्थिक बर्ष ०८३/०८४ का लागि बेलौरी नगरपालिकाले ल्यायो ९४ करोड ५५ लाख बराबरको बजेट
बेलौरी १० असार।कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक
बेलौरीमा आशा लघुबित्त बित्तीय संस्थाको बित्तीय साक्षरता तालिम सम्पन्न
माधब पौडेल, बेलौरी, ०३ चैत । कञ्चनपुरको बेलौरीमा शाखा कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाको आयोजनामा गरिएको वित्तीय साक्षरता तालिम तथा
शुदुरपस्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा एक एक हजारका ८५ योजना
कैलाली । सुदूरपश्चिम प्रदेशको बजेटमा एक हजार रुपैयाँका ८५ योजना समावेश गरिएका छन् । जसको स्रोत आन्तरिक कायम गरिएको छ । प्रदेश सरकारको वार्षिक

प्रतिकृया दिनुहोस