बेलौरीमा आशा लघुबित्त बित्तीय संस्थाको बित्तीय साक्षरता तालिम सम्पन्न
माधब पौडेल, बेलौरी, ०३ चैत । कञ्चनपुरको बेलौरीमा शाखा कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाको आयोजनामा गरिएको वित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख स्तरीय गोष्ठी मंगलबार सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका सेयर सदस्य तथा ज्येष्ठ नागरिक पार्वती बोहराको सभापतित्व रहेको थियो भने अत्तरिया स्टेशन प्रमुख खुमबहादुर खड्का, धनगढी शाखाका शाखा प्रमुख श्री भोजराज भट्ट, समाजसेवी हरेन्द्र सिंह बिष्ट, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीर सिंह धामी लगायत संस्थाका केन्द्र प्रमुख, उपप्रमुखहरु उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका कर्मचारी निराजन साउँदले स्वागत मन्तव्य राख्नुभएको थियो। बेलौरी शाखा प्रमुख गणेश प्रसाद भट्टले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार एकल ग्राहक सिमामा रहि आशा लघुवित्त काम गर्ने र सोही अनुसार रहन आफ्ना ग्राहक सदस्यलाई सल्लाह दिनभएको थियो। त्यस्तै कार्यक्रममा बार्षिक केन्द्र बैठक मुल्यांकनका आधारमा छनौट गरिएका ५ वटा पुरस्कृत केन्द्रहरुलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियो। साथै आर्थिक वर्ष २०८१/०८२ को उत्कृष्ट बचतकर्ताका रुपमा केन्द्र न. ७६ कि सदस्य गिता भट्ट र ग्राहक सदस्यहरुका छोराछोरीहरु मध्ये एक जनालाई शैक्षिकसत्र २०८२ मा उत्कृष्ट अंक ल्याइ +२ पास गर्ने केन्द्र न.१०२ की सदस्य राम जानकी राना थरुनीका छोरी पबित्रा कुमारी रानालाई सम्मान पत्र सहित रु. ५ हजार नगद छात्रवृति प्रदान गरेको थियो ।
बेलौरी उद्योग बाणिज्य संघको अध्यक्षमा प्रकाश राज पन्त सर्वसम्मत
बेलौरि २० असार । कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाबाट संघको अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत
आर्थिक बर्ष ०८३/०८४ का लागि बेलौरी नगरपालिकाले ल्यायो ९४ करोड ५५ लाख बराबरको बजेट
बेलौरी १० असार।कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ५५ लाख रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक
शुदुरपस्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा एक एक हजारका ८५ योजना
कैलाली । सुदूरपश्चिम प्रदेशको बजेटमा एक हजार रुपैयाँका ८५ योजना समावेश गरिएका छन् । जसको स्रोत आन्तरिक कायम गरिएको छ । प्रदेश सरकारको वार्षिक

प्रतिकृया दिनुहोस