काङ्ग्रेस नेता एबम पुर्वमन्त्री बडु काङ्ग्रेसको केन्द्रीय समिती सदस्यमा मनोनीत

काठमाडौं  । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य मा  मनोनीत हुनुभएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडूसहित विभिन्न जिल्लाका १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्नुभएको हो ।

सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको बताउनुभयो ।

नेता बडूलाई शेखर कोइराला समूह निकट मानिन्छ । सभापति थापाले शेखर कोइराला समूहका बडूसहित ७ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्नुभएको छ ।

यस्तै, निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जनालाई पनि केन्द्रीय कार्यसमितिमा मनोनयन गरिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिरासत मुक्त भए ओलि र लेखक

काठमाडौ  । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ । सर्वोच्च अदालतको आदेशअनुसार

कंचनपुरमा एमाले काङ्ग्रेसको ओली लेखक पक्राउ बिरुद्ध संयुक्त आन्दोलन

कञ्चनपुर – कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

नेपाली काङ्ग्रेस कंचनपुरले बोलायो आकस्मिक बैठक

 कंचनपुर । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले