बालेन सरकारमा को - को भए मन्त्री
काठमाडौँ - प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। बालेन नेतृत्वको सरकारको गृहमन्त्रीमा सुधन गुरुङ रहेका छन् भने अर्थ मन्त्रालयको जिम्मेवारी स्वर्णिम वाग्लेले सम्हाल्ने भएका छन्।
यस्तै, कानुन मन्त्रालयको जिम्मा सोविता गौतमले पाएकी छन् भने ऊर्जा मन्त्रालय विराज भक्त श्रेष्ठ, परराष्ट्र मन्त्रालय शिशिर खनाल, तथा पर्यटन मन्त्रालय गणेश पौडेलले पाएका छन्।
सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावल, कृषि मन्त्रालय गीता चौधरी, सञ्चार मन्त्रालय विक्रम तिमिल्सिना तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सुरेश लम्साललाई दिइएको छ। शिक्षा मन्त्रालय सरोज पराजुली, महिला, बालबालिका मन्त्रालय सीता बादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशा मेहता र श्रम मन्त्रालय दिपक शाहले सम्हाल्ने भएका छन्।
यस्तै, रक्षा, उद्योग र वार्णिज्य मन्त्रालयको जिम्मेवारी बालेन आफैले राखेका छन्।
सरकारी लगानी बालुवामा पानी ! एसईई नतिजा ०८२ , कंचनपुरका ४ सरकारी बिद्यालय निल,७८ बिद्यार्थीको भबिस्य चौपट
कल्पना साउद ,कञ्चनपुर, ३ जेठ। माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका चार सरकारी विद्यालय निल भएका छन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले
आज देखि सरकारी कार्यालयहरु बिहान ९ देखि बेलुकी ५ बजे सम्म
बेलौरी । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नेपालको

प्रतिकृया दिनुहोस