बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ, १३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। गत फागुन २१ मा सम्पन्न आम निर्वाचनमा रास्वपाले प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त गरेपछि राष्ट्रपति पौडेलले शाहलाई बहुमत प्राप्त दलको नेताको हैसियतमा सरकार प्रमुख चयन गरेका हुन।
प्रधानमन्त्रीको यो नियुक्ति नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा (१) बमोजिम गरिएको छ। संविधान जारी भएयता कुनै पनि एकल दलले बहुमत प्राप्त गरी यस धारा अन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो ऐतिहासिक अवसर हो। यसअघिका सबै सरकारहरू विभिन्न दलहरूको गठबन्धन (धारा ७६ को उपधारा २) वा ठुलो दलको हैसियतमा (उपधारा ३) निर्माण हुँदै आएका थिए।
३५ वर्षको उमेरमा मुलुकको कार्यकारी प्रमुख बनेका बालेन नेपालको इतिहासमै सबैभन्दा कम उमेरका र मधेशी मूलका पहिलो प्रधानमन्त्री समेत बनेका हुन। नवनियुक्त प्रधानमन्त्री शाहको शपथ ग्रहण समारोह आजै राष्ट्रपति भवन शीतल निवासमा हुँदैछ।
सरकारी लगानी बालुवामा पानी ! एसईई नतिजा ०८२ , कंचनपुरका ४ सरकारी बिद्यालय निल,७८ बिद्यार्थीको भबिस्य चौपट
कल्पना साउद ,कञ्चनपुर, ३ जेठ। माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका चार सरकारी विद्यालय निल भएका छन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले
आज देखि सरकारी कार्यालयहरु बिहान ९ देखि बेलुकी ५ बजे सम्म
बेलौरी । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा
बालेन सरकारमा को - को भए मन्त्री
काठमाडौँ - प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। बालेन नेतृत्वको सरकारको गृहमन्त्रीमा सुधन गुरुङ रहेका छन् भने अर्थ

प्रतिकृया दिनुहोस