कुनै पार्टीमा प्रवेश नगरेको मन्त्री खरेलको स्पष्टोक्ति

पुष्करराज बुढाथोकी, २३ पुस, भक्तपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले आजको दिनसम्म आफु कुनै पार्टीमा प्रवेश नगरेको र पार्टी प्रवेशका लागि कुनै वार्ता र छलफल समेत नगरेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९ औँ स्थापना दिवस समारोहमा मन्त्री खरेलले आफ्ना बारेमा विभिन्न चर्चा चल्ने गरेको बताउँदै उहाँले चुनाव लड्ने वा नलड्ने समेत कुनै निर्णय नगरेको प्रस्ट पार्नुभयो ।

आफूले निर्वाचनमा उठ्नका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यमहरूले गलत समाचार सम्प्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।मन्त्री खरेलले आफू र सरकारको सम्पूर्ण ध्यान तोकिएको समयमा नै निर्वाचन गर्नेमा केन्द्रित रहेको बताउनुभयो । सञ्चार माध्यमबाट हुने गलत सूचनाले निर्वाचनलाई समेत असर गर्नसक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।

फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न हुने भन्दै सञ्चार माध्यमले पनि सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचार मात्रै सम्प्रेषण गर्न पनि सञ्चार माध्यमलाई आग्रह गर्नु भयो ।  कार्यक्रममा बागमती प्रदेश संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पत्रकारले लाइक, सेयर र भ्यूज को मात्र ख्याल नगरी सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्नुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ केन्द्रीय उपाध्यक्ष उमित बाग चन्द, मध्यपुर थिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झाले शुभकामना मन्तव्य राख्नुभयो । त्यसैगरी वरिष्ठ पत्रकार कबिर राणा, महासङ्घ भक्तपुर शाखाका पूर्व अध्यक्ष नारायण सुन्दर किलम्बु, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, जिल्ला शाखा काठमाडौँकी अध्यक्ष शोभा अर्याल, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा ललितपुरका अध्यक्ष रामहरि कार्की लगायतले पत्रकारले संयमित भएर तथ्यपूर्ण र व्यावसायिक ढङ्गबाट पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यसहित तीन पत्रकार सम्मानित हुनुभएको छ । पत्रकार महासङ्घ जिल्ला शाखा भक्तपुरको २९ औँ स्थापना दिवसको अवसरमा महासङ्घले स्थापना गरेको १५ हजार रुपैयाँ राशिको स्व.भगवान् दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारद्वारा नेपाल अर्थ डटकमका कार्यकारी अध्यक्ष समेत रहेका पेशल आचार्यलाई मन्त्री खरेलले सम्मान गर्नुभयो । स्व.मैंयादेवी शिल्पकार स्मृति पत्रकारिताद्वारा कान्तिपुर टेलिभिजनका फोटो पत्रकार विनोद कोजु र हेरिटेज नेपाल न्युजकी लीला श्रेष्ठ सम्मानित भएका हुनुभएको छ ।

प्रतिकृया दिनुहोस

सरकारी लगानी बालुवामा पानी ! एसईई नतिजा ०८२ , कंचनपुरका ४ सरकारी बिद्यालय निल,७८ बिद्यार्थीको भबिस्य चौपट

कल्पना साउद ,कञ्चनपुर, ३ जेठ। माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका चार सरकारी विद्यालय निल भएका छन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले

आज देखि सरकारी कार्यालयहरु बिहान ९ देखि बेलुकी ५ बजे सम्म

बेलौरी । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा

बालेन सरकारमा को - को भए मन्त्री

काठमाडौँ - प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। बालेन नेतृत्वको सरकारको गृहमन्त्रीमा सुधन गुरुङ रहेका छन् भने अर्थ