सु.प. समाज कुवेतको सातौ वार्षिकोत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै ।

कुबेत, १० फागुन । सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिकोत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ । "सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली" भन्ने मुल नाराका साथ, यहि फागुन १६ गते अर्थात फेब्रुअरी २८ तारीख शुक्रबार फर्वानिया स्थित सेफ नौसाद रेस्टुरेन्टको सभाहलमा समाजको सातौ वार्षिकोत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको हो । समाजको सातौ वार्षिकोत्सवको अवसरमा नेपालबाट वैदेशिक रोजगारीका लागि कुबेतमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी सचेतना अभिवृद्धि गर्ने उदेश्यले श्रमिक जनचेतनामूलक कार्यक्रम पनि राखिएको समाजका अध्यक्ष गगन सिंह बिष्टले बताउनु भएको छ । 


नेपाली श्रमिकहरुका लागि पछिल्लो समय कुबेत रोजगारीको मुख्य गन्तव्य बन्दै गएको छ तर रोजगारीका लागि जाने देशको बारेमा सामान्य जानकारी नहुनु, नियम-कानुन र जनचेतनाको अभावसंगै दलालको प्रलोभनमा परेर नेपाली श्रमिकहरु विभिन्न समस्यामा परिरहेका खबरहरु आईरहदा श्रमिक जनचेतनामूलक कार्यक्रमबाट थोरै भएपनि यस्ता समस्याहरु न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिएको छ । यस्तै समाजको सातौ वार्षिकोत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको कार्यक्रम संयोजक महेश कुमारले जानकारी दिनु भएको छ । साथै कुबेतमा रहेका नेपाल निकट सरकारी तथा गैरसरकारी संघसस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन

नयाँ दिल्ली : भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि उनलाई बिहीबार

सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्धारा अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग

कुवेत । सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ । सरिताको केही दिन अगाडि अत्याधिक रक्तश्रावको कारणले

बङ्गलादेशकी प्रधानमन्त्रीले देश छोडेपछि सेना प्रमुखले अन्तरिम सरकार बन्ने बताएका छन्

  ढाका २१ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि