बङ्गलादेशकी प्रधानमन्त्रीले देश छोडेपछि सेना प्रमुखले अन्तरिम सरकार बन्ने बताएका छन्
ढाका २१ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि अब अन्तरिम सरकार बन्ने भएको छ । देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन् । प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेना प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने बताएका छन् । अहिले नयाँ सरकार गठन गर्न छलफल भइरहेको मिडिया रिपोर्टमा बताइएको छ ।
बंगलादेशको राजधानी ढाकामा रहेको प्रधानमन्त्री शेख हसिनाको सरकारी निवासमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेका थिए । बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ ।
विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् ।
गत महिनादेखि जारी रहेको सरकार विरोधी प्रदर्शनकारी र सुरक्षा बलबीचको झडपमा झण्डै ३०० जनाको मृत्यु भएको छ । आइतबार मात्र कम्तीमा ९० जनाको मृत्यु भएको छ ।
सु.प. समाज कुवेतको सातौ वार्षिकोत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम हुँदै ।
कुबेत, १० फागुन । सुदुरपश्चिमेली नेपाली समाज कुवेतको सातौ वार्षिकोत्सव एवं श्रमिक जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ । "सुदुरपश्चिमका लागि
भारतीय पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन
नयाँ दिल्ली : भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मनमोहन सिंहको स्वास्थ्य बिग्रिएपछि उनलाई बिहीबार
सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्धारा अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग
कुवेत । सुदुरपश्चिमेली नेपाली समाज कुवेतले अछामकी सरिता जैशीका परिवारलाई आर्थिक सहयोग गरेको छ । सरिताको केही दिन अगाडि अत्याधिक रक्तश्रावको कारणले

प्रतिकृया दिनुहोस