बेलौरीमा नि: शुल्क आँखा शिविर, पहिलो दिन ५५६ जनाको परिक्षण
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा आँखा शिविर सञ्चालन गरिएको छ। बेलौरी नगरपालिका -४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिवसीय निःशुल्क आँखा शिविर सुरु भएको छ।
गेटा आँखा अस्पताल र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो । भदौ १३ र १४ गते सञ्चालन हुने शिविरको पहिलो दिन शनिबार ५५६ जनाको आँखा परीक्षण गरिएको छ।
परीक्षणका क्रममा ८० जना मोतिबिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएकोमा ४५ जनाको शल्यक्रिया सम्पन्न भएको आयोजकले जनाएको छ। यस्तै, शिविरमा १७८ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने ४७६ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ।
दोस्रो दिन आइतबार बिहान ९ बजेदेखि पुनः आँखा परीक्षण तथा उपचार सेवा सञ्चालन हुने आयोजकले जनाएको छ।
आँखासम्बन्धी समस्या भएका स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहज र निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।
निसर्ग हस्पिटलमा नवजिवनका शेयरसदस्य देखि परिवारसम्मलाई उपचार सुबिधा
धनगढी । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच सहकारीका शेयर सदस्य तथा उनीहरूका परिवारका
पुर्व बिधार्थी नेता ज्ञानु भ्ट्ट द्वारा बिरामी पत्रकार राजेन्द्र बिस्टको उपचारका लागि आर्थिक सहयोग
कञ्चनपुर २१, साउन । बिरामी पत्रकार राजेन्द्र विष्टको उपचारका लागि कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले उपचार खर्च सहयोग गरेका छन । सरकारी संचार
संघीयतामा स्वास्थ्यसेवा: ओएनएमको सकस,करारको बैशाखी र दरबन्दी शुन्यता
नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट

प्रतिकृया दिनुहोस