महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई कृषि बिकास बैंक बेलौरी शाखा द्वारा सहयोग
बेलौरी (कञ्चनपुर), १९ असार । कृषि विकास बैंक बेलौरी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कञ्चनपुरको बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग प्रदान गरेको छ । क्याम्पस परिसरमा अवस्थित बगैँचामा रेलिङ निर्माणका लागि बैंकले १ लाख ५० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।
क्याम्पस परिसरमा आयोजित एक विशेष समारोहका बीच कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका निर्देशक हिमलाल श्रेष्ठले क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्रसिंह विष्टलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले बैंकले व्यावसायिक मुनाफा आर्जन गर्ने मात्र नभई सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा र पर्यावरणको क्षेत्रमा योगदान पुर्याउन पाउँदा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख धर्मराज जोशीले क्याम्पसको सौन्दर्यकरण र भौतिक सुधारका लागि बैंकले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । उहाँले प्राप्त सहयोगको उचित सदुपयोग गर्दै क्याम्पसको वातावरणलाई थप व्यवस्थित र सुरक्षित बनाइने प्रतिबद्धता समेत जनाउनुभयो । समारोहमा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भोजराज चौधरी, उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्ट, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पल्लवराज भट्ट, स्ववियु सभापति दीपक चौधरी, प्राध्यापक प्रतिनिधि हरिप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो । उहाँहरूले क्याम्पसको विकासमा स्थानीय वित्तीय संस्थाहरूको यस्तो सहकार्य प्रशंसनीय रहेको र यसले शैक्षिक वातावरण सुधारमा दीर्घकालीन महत्त्व राख्ने धारणा व्यक्त गर्नुभयो । सञ्चालक समिति अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन उप प्राध्यापक तारामणी न्यौपानेले गरेका थिए भने उक्त कार्यक्रममा नारद बोकटी लगायत शाखा प्रमुख कृष्णानन्द जोशी लगायतको उपस्थिति रहेको थियो ।
कंचनपुरमा वेवारिसे सागुनको काठ बरामद , अवैध ढुङ्गा ओसार्ने दुई ट्याक्टर नियन्त्रणमा
हेमा भट्ट, साउन ११ कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वन तथा प्राकृतिक स्रोतको संरक्षणमा सक्रियता बढाउँदै बेवारिसे सागुनको काठ बरामद
बर्खासङ्गै सर्पदंशको त्रास , महाकाली अस्पतालमा दैनिक ४-५ जना उपचाररत
हेमा भट्ट, साउन १०, कंचनपुर। बर्खायाम सुरु भएसँगै कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा सर्पदंशका घटना बढ्न थालेका छन् । वर्षासँगै
हजारौं हात एउटै लक्ष्य : कृष्णपुरको ऐतिहासिक सरसफाइ अभियान
हेमा भट्ट, साउन १०,कञ्चनपुर - "स्वच्छ वातावरण, स्वस्थ नागरिक हाम्रो साझा जिम्मेवारी" भन्ने मूल नारालाई आत्मसात् गर्दै कृष्णपुर नगरपालिकाले

प्रतिकृया दिनुहोस