ईसान मेमोरियल अस्पतालको सर्पदंश उपचार बिभागमा नि:शुल्क सर्पदंशको उपचार
बेलौरी १७असार । ईशान मेमोरियल अस्पताल बेलौरिमा सञ्चालित सर्पदंश उपचार विभाग यस क्षेत्रका नागरिकका लागि प्रभावकारी स्वास्थ्य सेवाको केन्द्र बन्दै गएको छ। विगत तीन वर्षदेखि निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको यस विभागले विषालु सर्पको डसाइबाट गम्भीर अवस्थामा पुगेका बिरामीहरूको सफल उपचार गरी ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
पछिल्लो समय वर्षायाम सुरु भएसँगै कञ्चनपुरका विभिन्न क्षेत्रमा सर्पदंशका बिरामीहरूको संख्यामा वृद्धि भएको छ। यसै क्रममा छिमेकी पुनर्वास नगरपालिका वडा नम्बर १ की १५ वर्षीया दीपिका बिष्ट र वडा नम्बर २ की ३० वर्षीया लक्ष्मी सार्की सर्पको डसाइबाट गम्भीर बिरामी भई उपचारका लागि ईशान मेमोरियल अस्पतालमा भर्ना भएका थिए। अस्पतालका चिकित्सक डा. जाफिर आलम र स्वास्थ्य टोलीको तदारुकता एवं अत्याधुनिक उपचार विधि (सक्सन लगायतका प्रविधि) का कारण उनीहरूको ज्यान जोगाउन स्वास्थ्यकर्मीहरू सफल भएका छन्। अस्पताल स्रोतका अनुसार पूर्ण रूपमा निको भए पश्चात् दुवै बिरामीलाई भर्ना भएको दोस्रो दिन नै डिस्चार्ज गरी घर पठाइसकिएको छ।
ईशान मेमोरियल अस्पतालका एच.आर. मदन भण्डारीका अनुसार सर्पदंशको उपचारमा प्रयोग हुने अति आवश्यक एन्टि स्नेक भेनम लगायतका अन्य आकस्मिक औषधिहरू सरकारद्वारा निःशुल्क रूपमा उपलब्ध गराइएको छ। बिरामीहरूले यहाँ सर्पदंशको औषधिका लागि कुनै पनि शुल्क तिर्नु पर्दैन, जसले गर्दा ग्रामीण तथा विपन्न क्षेत्रका नागरिकहरूलाई ठूलो राहत मिलेको छ।
संघीयतामा स्वास्थ्यसेवा: ओएनएमको सकस,करारको बैशाखी र दरबन्दी शुन्यता
नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट
बेलौरिमा नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न : ७ बुँदे प्रतिबद्धता पत्रमा हस्ताक्षर
बेलौरी । बेलौरी नगरपालिकाले नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम तथा प्रतिबद्धता पत्रमा हस्ताक्षर
बेलौरिको शिद्वबाबा एकेडमीले गर्यो बिद्यार्थिलाई दुर्घटना बिमा सेवामा आबद्ध
बेलौरी, ०९ असार।कञ्चनपुरको बेलौरीस्थित सिद्धबाबा एकेडेमीले विद्यार्थीहरूको सुरक्षा र उज्ज्वल भविष्यलाई प्राथमिकतामा राख्दै नेको इन्सुरेन्स

प्रतिकृया दिनुहोस