अध्यक्ष ओली पक्राउको कानुनी तथा राजनैतिक रूपमा सशक्त प्रतिबाद गर्ने एमालेको निर्णय

काठमाडौ । नेकपा एमलेले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको छ।

आज बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले बताउनुभयो।

प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ।

लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने निर्णय गरेको छ।

प्रतिकृया दिनुहोस

कंचनपुरमा काङ्ग्रेस संस्थापन र ईतर पक्षको छुट्टाछुट्टै भेला

 कंचनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरू छुट्टाछुट्टै भेलामा लागेका छन्। यही भदौ २० गतेदेखि २२ गतेसम्म

महाधिवेशन रोकिएन भने काङ्ग्रेस बिभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।

ने क पा कंचनपुरको सपथग्रहण : सरकारका गलतकामको खबरदारी गर्ने

कञ्चनपुर, २६ साउन।नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरले शपथ ग्रहण तथा नेता कार्यकर्ताहरुलाई राजनैतिक प्रशिक्षण दिएको छ । मंगलबार महेन्द्रनगरमा