कलुवापुर बेलौरी सडकखण्ड,ढक्का क्षेत्रको ५ किमि बाटो किन पक्की बनेन ?

पल्लवराज भट्ट
बेलौरी  । आरक्षको अवरोधका कारण बेलौरी– कलुवापुर सडकको ढक्काक्षेत्रको ५ कि मि बाटो कालोपत्रे हुन नसक्दा प्रयोगकर्ताहरुले सास्ती खेप्दै आईरहेका छन । इ.आई.ए. (वातावरणीय प्रभाव अध्ययन) आवस्यक पर्ने भनी आरक्षले रोकेको हो । इ.आई.ए. को लागि छुट्टै बजेटको ब्यवस्था गरि अध्ययन प्रतिबेदन नदिदा सम्म उक्त बाटो निर्माणका लागि आरक्षले अनुमती दिने अवस्था छैन । तसर्थ यश पटकको बजेटमा उक्त ५ कि.मि. क्षेत्रको इ.आई.ए. को बजेट को व्यवस्था गर्न प्रदेश सरकारका भौतिक योजना मन्त्री ज्यु र मन्त्रालयका सचिवसंग मुख्यमन्त्रीको उपस्थितिमा बेलौरी नगरपालिकाका उप प्रमुख र म गएर अनुरोध गरेर आएका छौ ।

यसका लागि बजेट पुस्तिकामा बजेट परे पछि यस्को पहल र उस्को पहलमा भनी प्रचार गर्नेहरुको पनि ध्यानाकर्षण गराउन चाहन्छु कि यो बजेट पार्न तपाईहरुका महानहरुलाई पनि आफ्नो स्थान वाट पहल गर्न भन्नू होला, अनि परे पछि फोटो सहित प्रचार गर्न तपाईहरुलाई पनि सहज हुनेछ ।

२०७३ सालमा केन्द्र सरकारले ठेक्का गरेर पछि प्रदेश सरकारलाई हस्तान्तरण गरेको बाटो भएकाले प्रदेश सरकारले छुट्टै इ.आई.ए. गर्न सकेको थिएन । तर अहिले ५ कि.मि. उक्त क्षेत्र कटौती गरि पुरानो ठेक्का सम्पन्न गरि फरफारक भैसकेको छ । सुक्लाफाटा बन्यजन्तु आरक्षमा भन्दा पहिले देखि को उक्त बाटो अहिले बेलौरी–कलुवापुर– नाईल– बुडर सडक एउटैमा राखी प्रदेश गौरवको योजना अन्तरगत उक्त बाटो रहेको छ ।

पैसा उक्क्त बाटोमा हरेक वर्ष खर्च हुन नसक्ने गरि परि रहेकै छ तर इ.आई.ए. नभएकै कारण रोकिई रहेकोले इ.आई.ए. गर्न आवस्यक बजेट को ब्यवस्था गर्नु अति आवस्यक छ । बाटो कम्तिमा १२ मिटर चौडा हुने गरि इ.आई.ए. गरियोस । आरक्षले ४ मिटर लेखेर पठाएको छ । अरु बाटो ५.५ मि. कालो पत्रे हुने गरि ७.५ मिटर को निर्माण गरिएको छ, भोलि प्रदेश गौरवको बाटो कम्तिमा १२ मि. चौडा हुनै पर्छ तसर्थ उक्त क्षेत्रको इ.आई.ए. पटक पटक हुदैन, चौडाईमा ध्यान दिनु जरुरी छ ।

प्रतिकृया दिनुहोस

कंचनपुर जिल्ला फुटबल संघलाई प्रदेश सरकार द्वारा खेल सामग्री हस्तान्तरण

कञ्चनपुर, १४ असार । कञ्चनपुरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद संस्थाको व्यवस्थापन सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुर

पुनर्वासको कङ्कडमा सशस्त्र प्रहरीको बिओपी भवन उद्घाटन; जग्गादाता सिद्धराज ओझा सम्मानित

 कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ स्थित कङ्कडमा निर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) को नयाँ भवन शनिबार एक

शुदुरपस्चिम प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा एक एक हजारका ८५ योजना

कैलाली  । सुदूरपश्चिम प्रदेशको बजेटमा एक हजार रुपैयाँका ८५ योजना समावेश गरिएका छन् । जसको स्रोत आन्तरिक कायम गरिएको छ । प्रदेश सरकारको वार्षिक