NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

कञ्चनपुरको दक्षिणी क्षेत्रमा अतिरिक्त प्रहरी महानिरीक्षक साउँद लगायत उच्च पदस्थ प्रहरी आउँदै

कञ्चनपुरको दक्षिणी क्षेत्रमा अतिरिक्त प्रहरी महानिरीक्षक साउँद लगायत उच्च पदस्थ प्रहरी आउँदै
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । बुधबार कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा अतिरिक्त प्रहरी महानिरीक्षक केदार प्रकाश साउँद आउनु हुने भएको छ । इलाका प्रहरी कार्यालय बेल्डाँडी र इलाका प्रहरी कार्यालय त्रिभूवनवस्तीको नव निर्मित भवनको उद्घाटनका क्रममा इलाका प्रहरी कार्यालय बेलौरीमा यस क्षेत्रका नागरीकहरु संग अन्तरकृया गर्ने कार्यक्रम रहेको छ ।
 
अतिरिक्त प्रहरी महानिरीक्षक केदार प्रकाश साउँदले विहान इलाका प्रहरी कार्यालय बेल्डाँडीको भवन उद्घाटन गरी मध्याह्न १२ बजेदेखि इलाका प्रहरी कार्यालय बेलौरीमा अन्तरकृया कार्यक्रमलाई संबोधन गर्नुहुने बताइएको छ । त्यसैक्रममा अतिरिक्त प्रहरी महानिरीक्षक केदार प्रकाश साउँद र प्रहरी नायव महानिरीक्षक विजय कुमार भट्टले रेडियो बेलौरीको समेत अवलोकन गर्ने र रेडियो बेलौरीले उहाँहरुलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ ।
 
नेपाल पूर्वप्रहरी संगठन इलाका कार्यसमिति बेलौरीले पनि भेटघाटको कार्यक्रम राखेको छ । बेलौरी उद्योग बाणिज्यको सभाहलमा समेत भेटघाट र सम्मानको कार्यक्रम छ । त्यसपछि इलाका प्रहरी कार्यालय त्रिभूवनवस्तीको नव निर्मित भवनको उद्घाटन गर्न आजै उहाँ पुनर्वास जानुहुने भएको छ । उहाँ संग अन्य प्रहरी अधिकारी समेत आउनु हुने भएको छ ।
 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook