NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

बेलौरीमा थारु समुदायको माघी मिलन सांस्कृतिक कार्यक्रम हुँदै

बेलौरीमा थारु समुदायको माघी मिलन सांस्कृतिक कार्यक्रम हुँदै
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । बेलौरीमा बुधबार माघी मिलन सांस्कृतिक कार्यक्रम हुँदैछ । माघे संक्रान्तीको उपलक्ष्यमा बुधबार थारु समुदायको कला, संस्कृति र साहित्यको जगेर्ना एवं प्रवर्धन गर्ने उद्देश्यले माघी मिलन कार्यक्रमको आयोजना गरिएको माघी मिलन सांस्कृतिक कार्यक्रम २०७३ आयोजक समितिका सचिव रेशम चौधरीले बताउनु भयो । कार्यक्रममा थारु समुदायको कला, संस्कृति र साहित्य झल्कने खालका प्रस्तुती, थारु रहनसहन, भेषभूषा तथा थारु परिकारहरुको समेत प्रदर्शन गरिने बताइएको छ । बेलौरीको खुला मञ्चमा सञ्चालित कार्यक्रम विहान देखि सुरु भइ साँझ ५ बजे सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।
 
त्यस्तै, माघे संक्रान्तीको दिन माघ १ गते बेलौरीको बन्तरीयामा समेत माघी मिलन सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । “हमार संस्कृती हमार पहिचान, संस्कृती बचैना हमार अभियान” भन्ने नारा लिएर बेलौरी नगरपालिका वडा नं. ७ बन्तरीयाको श्री बागेश्वरी आधारभुत विद्यालयमा हुन गइरहेको विशाल माघी मिलन कार्यक्रमको तयारी तीब्र पारिएको आयोजक दर्शन युवा क्लबका अध्यक्ष कृष्ण गम्वाले बताउनु भयो । राष्ट्रिय तथा स्थान कलाकारहरुको बेजोड प्रस्तुती लगायत थारु रहनसहन, भेषभूषा तथा थारु परिकारहरुको समेत प्रदर्शनी गरिने भलमन्सा साइटु कुमार गम्वाले बताउनु भयो ।
 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook