NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

शंकरपुर गाविसको गाउँ परिषद्बाट रु. १,४७,९१,४००।– बराबरको अनुमानित बजेट सार्वजनिक

शंकरपुर गाविसको गाउँ परिषद्बाट रु. १,४७,९१,४००।– बराबरको अनुमानित बजेट सार्वजनिक
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । मंगलबार शंकरपुर गाविसको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पछिको नवौँ गाउँ परिषद् सम्पन्न भएको छ । शंकरपुर गाविसको प्रांगणमा भएको गाउँपरिषद्बाट आगामि आर्थिक वर्ष २०७४÷७५ का लागि कुल जम्मा रु. १ करोड ४७ लाख ९१ हजार ४ सय बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ । शंकरपुर गाविसको बजेट तथा कार्यक्रम शंकरपुर गाविसका सचिव सुरेन्द्र बहादुर चन्दले सार्वजनिक गर्नु भएको थियो । 
आगामि आर्थिक वर्ष २०७४÷७५ को चालु आय–व्यय तर्फ कुल जम्मा ८५ लाख ५ हजार ४ सय बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको हो । त्यस्तै, पुँजीगत अनुदान तर्फ रु. ५८ लाख ८६ हजार र त्यसै अन्तरर्गतबालबालिका तर्फ १० प्रतिशत, महिला तर्फ १० प्रतिशत, लक्षित वर्गतर्फ १५ प्रतिशत र बाँकी भौतिक विकास निर्माण पूर्वाधार तर्फ प्रस्ताव गरिएको छ । साथै जिविसको आन्तरिक कोष अनुदानबाट गाविसको गेट सहित बाउन्ड्री वाल निमार्णका लागि रु. ४ लाख रकम प्रस्ताव गरिएको छ ।
गाउँपरिषद्मा जिल्ला तथा गाविस भित्र कृयाशील राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, शिक्षाकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला, बालबालिका, जेष्ठ नागरिक, आदिबासी जनजाती, अपांगता भएका व्यक्ति, नागरिक समाज लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।
यसै क्रममा बेलौरी नगरपालिकाको चौथो नगरपरिषद् सोमबार सम्पन्न भएको छ । बेलौरी नगरपालिका कार्यालयको प्राङ्गणमा भएको परिषद्बाट आगामि आर्थिक वर्ष २०७४÷७५ का लागि कुल तेह्र करोड, अन्ठानब्बे लाख, उनन्चालिस हजारको अनुमानित बजेट सार्वजनिक गरिएको छ । जसमध्ये चालु खर्च तर्फ रु. १ करोड ४८ लाख ८२ हजार, सामाजिक सुरक्षा कार्यक्रम तर्फ ४ करोड २३ लाख ४९ हजार र पुँजीगत खर्च तर्फ रु. ८ करोड २६ लाख ८ हजार बराबरको अनुमानित बजेट प्रस्ताव गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७३÷७४ का लागि कुल रु. १३ करोड ७० लाख ५२ हजार बराबरको संसोधित बजेट प्रस्ताव गरिएको छ । जस मध्ये चालु खर्च तर्फ रु. १ करोड, ४५ लाख ८३ हजार, सामाजिक सुरक्षा कार्यक्रम तर्फ रु. ४ करोड ३५ लाख ५२ हजार तथा पुँजीगत खर्च तर्फ रु. ८ करोड १ लाख १७ हजार बराबरको अनुमानित संसोधित बजेट प्रस्ताव गरिएको छ ।
 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook