NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

पुनर्वासको नगरपरिषद्बाट आ.व. २०७४/७५ का लागि रु.१४,९६,२०,३९५ बराबरको अनुमानित बजेट सार्वजनिक

पुनर्वासको  नगरपरिषद्बाट आ.व. २०७४/७५ का लागि रु.१४,९६,२०,३९५ बराबरको अनुमानित बजेट सार्वजनिक
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । पुनर्वास नगरपालिकाको चौथो नगरपरिषद् सम्पन्न मंगलबार भएको छ । साविकको त्रिभूवनवस्ती गाविसको प्रांगणमा भएको नगरपरिषद्बाट आगामि आर्थिक वर्ष २०७४÷७५ का लागि रु. १४ करोड ९६ लाख २० हजार ३९५ बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ । 
 
पुनर्वास नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक पुनर्वास नगरपालिका कार्यालयका कार्यकारी अधिकृत शेर बहादुर बुढाले गर्नु भएको थियो । प्रस्तावित बजेट, नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक क्षमता विकास, संस्थागत, नीतिगत, कार्यविधिगत सुधारका कार्यहरुलाई निरन्तरता दिइने नगरपालिकाले बताएको छ ।
 
नगरपरिषद्को समुद्घाटनमा व्यवस्थापिका संसद सदस्य तथा कञ्चनपुर क्षेत्र नं. १ का निर्वाचित जनप्रतिनिधि दिवान सिंह बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । नगरपरिषद्मा नगरपालिका भित्र कृयाशील राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, शिक्षाकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, छिमेकी नगरपालिका तथा गाविसका प्रतिनिधि, महिला, बालबालिका, जेष्ठ नागरिक, आदिबासी जनजाती, अपांगता भएका व्यक्ति, नागरिक समाज लगायत स्थानीय नगरबासीको उपस्थिति रहेको थियो ।
 
पुनर्वास नगरपालिकाले सार्वजनिक गरेको आगामि आर्थिक वर्ष २०७४÷७५ का लागि तयार पारिएको बजेट, नीति तथा कार्यक्रम अधिकांश व्यक्तिसम्म पुगाउन सकियोस् भन्ने उद्देश्यले उक्त सार्वजनिकीकरण कार्यक्रमलाई रेडियो बेलौरी मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।
 

यसमा तपाइको मत

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook