NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

बेलौरीको चौथो नगरपरिषद्बाट आ.व. २०७४÷७५ का लागि रु.१३,९८,३९००० ।– को अनुमानित बजेट सार्वजनिक

बेलौरीको चौथो नगरपरिषद्बाट आ.व. २०७४÷७५ का लागि रु.१३,९८,३९००० ।– को अनुमानित बजेट सार्वजनिक
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २६ पौष । अहिले ठाउँठाउँमा परिषद् हुँदैछन् । आगामी आर्थिक बर्ष २०७४÷७५ का लागी यस अघि गरिएका वडा भेलाबाट नागरीकहरुबाट आएका योजनाका प्रस्तावलाई एकिकृत योजना तर्जुमा बैठकबाट छनोट गरी परिषद्बाट बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्ने गरिन्छ ।
 
यसै क्रममा बेलौरी नगरपालिकाको चौथो नगरपरिषद् हिजो सम्पन्न भएको छ । बेलौरी नगरपालिका कार्यालयको प्राङ्गणमा भएको परिषद्बाट आगामि आर्थिक वर्ष २०७४÷७५ का लागि कुल तेह्र करोड, अन्ठानब्बे लाख, उनन्चालिस हजारको अनुमानित बजेट सार्वजनिक गरिएको छ । जसमध्ये चालु खर्च तर्फ रु. १ करोड ४८ लाख ८२ हजार, सामाजिक सुरक्षा कार्यक्रम तर्फ ४ करोड २३ लाख ४९ हजार र पुँजीगत खर्च तर्फ रु. ८ करोड २६ लाख ८ हजार बराबरको अनुमानित बजेट प्रस्ताव गरिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०७३÷७४ का लागि कुल रु. १३ करोड ७० लाख ५२ हजार बराबरको संसोधित बजेट प्रस्ताव गरिएको छ । जस मध्ये चालु खर्च तर्फ रु. १ करोड, ४५ लाख ८३ हजार, सामाजिक सुरक्षा कार्यक्रम तर्फ रु. ४ करोड ३५ लाख ५२ हजार तथा पुँजीगत खर्च तर्फ रु. ८ करोड १ लाख १७ हजार बराबरको अनुमानित संसोधित बजेट प्रस्ताव गरिएको छ ।
 
बजेट, नीति तथा कार्यक्रम सार्वजनिक बेलौरी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत अर्जुन सिंह कार्कीले गर्नु भएको थियो । नगरपरिषद्को समुद्घाटनमा व्यवस्थापिका संसद सदस्य तथा कञ्चनपुर क्षेत्र नं. १ का निर्वाचित जनप्रतिनिधि दिवान सिंह बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । नगरपरिषद्मा नगरपालिका भित्र कृयाशील राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, शिक्षाकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, छिमेकी नगरपालिका तथा गाविसका प्रतिनिधि, महिला, बालबालिका, जेष्ठ नागरिक, आदिबासी जनजाती, अपांगता भएका व्यक्ति, नागरिक समाज लगायत स्थानीय नगरबासीको उपस्थिति रहेको थियो । बेलौरी नगरपालिकाले सार्वजनिक गरेको आगामि आर्थिक वर्ष २०७४÷७५ का लागि तयार पारिएको बजेट, नीति तथा कार्यक्रम अधिकांश व्यक्तिसम्म पुगाउन सकियोस् भन्ने उद्देश्यले उक्त सार्वजनिकीकरण कार्यक्रमलाई रेडियो बेलौरी मार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।
 
त्यस्तै, पुनर्वास नगरपालिकाले नगरपरिषद् आज बिहान ११ बजेबाट गर्ने तयारी गरिरहेको पुनर्वास नगरपालिका कार्यालयका कार्यकारी अधिकृत शेर बहादुर बुढाले बताउनु भयो । उता, शंकरपुर गाविसको गाउँपरिषद् पनि आज विहान १० बजेबाट हुने शंकरपुर गाविस सचिव सुरेन्द्र बहादुर चन्दले बताउनु भयो । बेल्डाँडी नगरपालिकाले नगरपरिषद् यहि पुस २८ गते बिहान ११ बजेबाट गर्ने तयारी थालेको बेल्डाँडी नगरपालिका कार्यालयका कार्यकारी अधिकृत गणेश दत्त भट्टले बताउनु भयो ।
 

यसमा तपाइको मत

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook