NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

पुषे पन्ध्र पर्व सुदूरपश्चिममा आज धुमधामसँग मनाइदैँ

पुषे पन्ध्र पर्व सुदूरपश्चिममा आज धुमधामसँग मनाइदैँ
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १५ पौष  । आज पुस पन्ध्र गते । हरेक वर्ष पुषको १५ गतेका दिन मनाइने पुषे पन्ध्र पर्व सुदूरपश्चिममा आज धुमधामसँग मनाइदैँ छ । पुषे पन्ध्रको अवसरमा आज रातभर जाग्राम बस्दै मुढाको आगो ताप्दै एक आपसमा रमाईलो गर्दै गाउँ, टोल, छिमेकमा सबै जना एकै ठाउँमा जम्मा भई मिठा–मिठा आनै–बात (कथा–कहानी) हाली रात काट्ने प्रचलन रहेको छ । आजका दिन जमिनमुनी उत्पादन गरिएका तरुल, सखरखण्ड, पिँडालु आदि उसिनेर खाने चलन समेत रहेको छ कुनै–कुनै ठाउँमा आज वनको पूजा गर्ने चलन समेत रहेको हुँदा आज वनजङ्गलमा काम नगर्र्नेे र वनजङ्गलमा आवश्यक साधन आँसी (हँसिया), तिखुन (बन्चरो), जाल, जेउडो (रस्सी) आदिको पूजा पनि गर्ने गर्दछन् ।
 
रात सबैभन्दा लामो हुने भएकाले आजको रातलाई ठूलीरात मानी राती मिठो मिठो खानेकुरा खाएर रमाईलो गरी जाग्राम बस्ने तथा बिहान उज्यालो नहुँदै नुहाईधुवाई गर्ने चलन सुदुरपश्चिममा रहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा आजको रात देउडा, पुतला, भुवा नाच खेलेर पुषे १५ मनाइन्छ । सुदूरपश्चिमेलीहरुको पहाडी संस्कार भएकाले कैलाली, कञ्चनपुर झरेका पहाडी समुदायका मानिसहरुले पनि पुष १५ मनाउने गर्दछन् । आज तेल अथवा घिउमा तारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ । पुष १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न चिल्लो पदार्थ हालेका तात्ताता खानेकुरा खानु स्वास्थ्यका दृष्टिले पनि लाभदायक हुने र शरीर समेत फूर्तिलो हुने गर्छ । डिसेम्बर २२ तारिखलाई विश्वभरी नै सबैभन्दा छोटो दिन भनिएपनि नेपाली समाजमा भने पुष १५ लाई छोटो दिन मान्ने गरिन्छ । आजदेखि दिनहरु विस्तारै लम्बिदैँ जाने मान्यता रहिआएको छ । पहाडी जिल्ला डडेल्धुरामा पनि तरुल, सखरखण्ड, पिँडालु, निस्सोसे आदि खाने चलन रहेको धन बहादुर बोहराले बताउनु भयो । निस्सोसे भनेको तरुल, चामलको पिठो, चिनी र दहीबाट निर्मित विशेष प्रकारको भोजन भन्ने बुझिन्छ ।
 
आजै गुरुङ समुदायले बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु संस्कृति अनुसार चरालाई शान्तिको प्रतिक मानिने भएकाले पुस १५ गते देखि शान्तिमय समय सुरु भएको खुसीयालीमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । यस पर्वका अवसरमा शुक्रबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook