NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

बेलौरी स्मार्ट भलिबल च्याम्पियनसिप खेल शुक्रबार उद्घाटन, शनिबारदेखि प्रतियोगिता हुने

बेलौरी स्मार्ट भलिबल च्याम्पियनसिप खेल शुक्रबार उद्घाटन, शनिबारदेखि प्रतियोगिता हुने
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०८ पौष । बेलौरीमा स्मार्ट भलिबल च्याम्पियनसिप खेल सुरु भएको छ । नगर खेलकुद विकास समिति बेलौरीको आयोजना र यु.एस.ए.आइ.डी. को एच.सी. थ्री परियोजनाको प्रायोजनमा भलिबल खेल सुरु भएको छ । भलिबल खेलको शुक्रबार सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख  डिआइजी राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । शुक्रबारको उद्घाटन सत्रमा मैत्रिपूर्ण खेल खेलाइएको छ भने शनिबारदेखि प्रतिस्प्रधात्मक प्रतियोगिता हुने एच.सी. थ्री परियोजनाका फिल्ड सुपर भाइजर दीपा ज्ञवालीले बताउनु भयो । प्रतियोगितामा जम्मा १३ ओटा टिमहरुले नाम दर्ता गराएका छन् । खेल लिग चरणमा खेलाइने आयोजक नगर खेलकुद विकास समिति बेलौरीले बताएको छ । 
शनिबार हुने खेलहरुमा सुदूरपश्चिम विश्व विद्यालय महेन्द्रनगर र शान्ति मा.वी शान्तीपुर बेलौरी, बैजनाथ वाहिनि अत्तरिया र सिद्देश्वर युनेस्को समाज, आदर्श योङ स्टार र युनाईटेड क्लब, जन जागरण क्लब र आर.एम.ए. बेलौरी, शान्ति मा.वी. शान्तिपुर र गोकलपुर बजार, सिद्देस्वर युनेस्को समाज र महाकाली मा.वी. बेलौरी, कारमेल क्लब र आयोजक बेलौरी, आर.एम.ए. र नवयुग क्लब, सुदूरपश्चिम विश्व विद्यालय र गोकलपुर बजार , बैजनाथ वाहिनि र महाकाली मा.वि. खेल हुने आयोजक समितिले जानकारी दिएको छ । 
 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook