NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

समृद्ध राष्ट्र आम नेपालीको चाहना : नरेन्द्र बिष्ट, बेल्डाँडी नगरपालिका –६, कञ्चनपुर

समृद्ध राष्ट्र आम नेपालीको चाहना : नरेन्द्र बिष्ट,  बेल्डाँडी नगरपालिका –६, कञ्चनपुर
हाम्रो देश नेपाल बहुजातीय,  बहुभाषिक,  बहुधार्मिक देश हो ।  अनेकतामा एकता नै हाम्रो विशेषता थियो र यहि रहिरहनु पर्छ भन्ने मान्यता आम देशभक्त नेपालीको चाहाना पनि हो । तर पछिल्लो समयमा नेपाल मा आएर आफ्नो हक, अधिकारको निम्ति हरेक समुदाय बाट आ(आफ्ना माग (अधिकार)राख्दै बन्द, हडताल, चक्काजाम, संसद अवरोद्द, नाकाबन्दी सृजना गदर्छन । आफ्नो हक अधिकारको सुनिश्चितताको लागि लडनु स्वागतयोग्य काम हो तर यी अधिकार पाप्त का लागि लडाइँ जारी राख्दा अरुलाइ बर्ग, समाज तथा राष्ट्र लाई पर्ने असहज परिस्थिति लाई पनि मध्यनजर गर्न आवस्यक देखिन्छ । 
 
देस अहिले सघिय गणतान्त्रिक पद्धति मा गैसके पनि यसलाइ पुर्ण रुपमा सस्थागत गर्न सकिएको छैन,  हरेक समुदाय ले आ(आफ्नो राज्यको माग गर्दै मात्र आएका छैनन् बरु त्यो माग पाप्तीका लागि सघर्स गदै आएका छ्न । यसैको कारणले गर्दा देस भित्र रहेका विभिन्न जातजाति का बिच टकरावको स्थिती सृजना भएको छ । देश भित्रका तथा देश बाहिरिका अराजक समुहले यो विषम परिस्थितिको फाइदा उठाउदै छ्न । टीकापुर घटना, केही दिन अघिको छ्मेकी देश भारतले गरेको नाकाबन्दी, मधेस घटना यसको ज्वलन्त उदाहरणहरु हुन । 
 
नेपालमा गणतन्त्र आइसके पनी यसलाइ सस्थागत गर्नै निकै चुनैती छ । गर्वाअवस्थामा जसरी गणतन्त्र प्राप्तका निम्ति विभिन्न पार्टी का बिच सहकार्य र सहमतीको अभ्यास शुरु भएको थियो यो यात्राले निरन्तरता पाए मात्र गणतन्त्र लाई सस्थागत गर्न सकिएला नत्र भने पाएका उपलब्धि लाइ पनि गुमाएर देश अराजकताको भुमरीमा फस्नु बाहेक अरु केही हुने वाला छैन  । 
 
अहिले हामी सुप बासिमा मौजुद रहेको सुदुरपस्चिम बिकास क्षेत्रको सिगो भु(भाग लाई एउटै प्रदेश बनाउने कि वा थारु जाती बाहुल्य रहेको कैलाली, कञ्चनपुर जिल्ला लाई अलग गरेर केवल पहाडी जिल्लालाइ मात्र समटेर प्रदेश बनाउने भने दुई बिचार का बिच वाकयुद्ध चलिरहेको छ । हरेक समुदाय ले आ(आफ्नो बिचार राख्ने वाक स्वतन्त्रता हरेक नागरीक लाई छ र राख्नुपनी पर्छ भने कुरामा दुई मत कसैको पनि छैन तर हामिले हाम्रो माग तथा बिचार राख्दै जादा देशको कुनै भु( भाग कुन प्रदेश मा हुदा कुन समुदाय लाई फाइदा हुन्छ र कुन समुदाय लाई घाटा हुन्छ भनेर लेखाजोखाको रुपमा मात्र नहेरी समग्र प्रदेश तथा राष्ट्र«को फाइदा कसरी हुन्छ त्यस्तो अग्रगामी सोच का साथ प्रदेशको सिमाङकन हुनुपर्छ भन्ने मान्यता आम देशभक्त नेपालीको रहदै आएको छ । जसरी शरिरका हरेक अङ्ग स्वस्थ्य हुदा ब्यक्ती स्वस्थ हुन्छ त्यसरी नै राज्य का हरेक समुदाय का ब्यक्ती बिचको समवन्य बाट मात्र नै बिकसित प्रदेश तथा राज्यको परिकल्पना गर्न सकिन्छ । 
प्रदेशको सिमाङकनको बहस चलिरहदा एक दुई कुरा मलाइ पनि राख्न मन लाग्यो । मेरो बिचार मा मौजुद सुदुरपश्चिम् बिकास क्षेत्र लाई नै नटुक्राएर सिगो सुदुरपश्चिम् लाई नै एक प्रदेश बनाउनु पर्छ । पहाड मा रहेका जलस्रोत, पर्यटन, जडिबुटी तथा तराइ मा रहेको उर्वर भुमीको सदुपयोग गरेर हामी यो प्रदेश लाइ नेपालको सबैभदा बिकसित राज्य(प्रदेश) ।  बनाउन सक्छौं । भौगोलिक, सामाजिक, सास्कृतिक रुपले हेर्दा पनि अहिले मौजुद प्रदेश नै उपयुुक्त रहेको देखिन्छ । 
 
अब कुरो रहेको कैलाली र कञ्चनपुर लाई पहाडी जिल्ला मिलाउदा तराइका आदिबासी थारु समुदाय उपेक्षित भएकी भन्ने । यसमा म हाम्रा थारु दाजुभाइहरुलाइ के भन्न चाहान्छु भने हक अधिकार सिमा, क्षेत्र ले होइन, संबिधान ले दिने हो तसर्थ भु(भागको लागि लडाइँ गर्नु भन्दा राज्य बाट पाउनु पर्ने मौलिक अधिकार तथा राज्य का हरेक निकायमा समान तथा समाबेशी उपस्तिथिको लागि लडनु होस, जब सम्म देशमा रहेका अनेकौ जातजाति, घर्म, सस्कृती, भुगोल का नागरिक बिचको सम्बन्ध राम्रो हुदैन त्यस देशको राष्टियता पनि धेरै कमजोर हुन्छ यसको ज्वलन्त उदाहरण सुडान, हाइटी, सोमालिया, म्यानमार लगायत का देश हुन । जातियता ले उग्र रुप लिए पछि पछिल्लो पटक सुडान बिभाजित हुन पुग्यो, धर्मको आपसी मेलमिलाप नहुदा म्यानमार दैनिकौ हिसाको रुप लिएको छ, जातिय मेलमिलाप नहुदा अफ्रिकन मुलुक सोमालिया, हाइटी लगायत अन्य थुप्रै राष्ट्र द्वन्दको चपेटामा छ्न । राज्य का हरेक अंग मा थारुहरुको समान समाबेशी सहभागिताको सुनिश्चितताको माग गर्नुहोस । कैलाली, कञ्चनपुर लगायत थारु बाहुल्य क्षेत्रहरु समेतेर राज्य (प्रदेश)बनाउदै मा त्यो प्रदेशको नाम थारुवान राख्दैमा सम्पुर्ण थारु जातिको सपन्नताको आधार हुन सक्दैन । बरु थारुहरु लाई सबिधान मा विशेस अधिकारको ब्यवस्था गरि कैलाली कञ्चनपुर सहितको राज्य (प्रदेस) हुनुपर्छ  । 
नेपाल रहे पो नेपाली रहन्छौ । 
 
अन्तमा म के भन चाहान्छु भन्ने हामीहरु जातियत, क्षेत्रीयता, धार्मिकको भुमरी मा होइन बरु समाज मा रहेका सीमान्तकृत बर्गलाई राज्यको मुलधारमा कसरि समेटिन सकिन्छ र समग्र प्रदेस तथा राज्य समृद्धि कसरी गर्ने भन्ने बारे सोच्ने कि???
जय देश
 

नरेन्द्र बिष्ट 
बेल्डाँडी नगरपालिका -६
हाल : साउदी अरेबिया
::सुझाव एवम प्रतिक्रिया का लागि
::

email- narendrabist17@yahoo.com

यसमा तपाइको मत

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook