NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

भारत्तोलनतर्फ सुदूरपश्चिमबाट खेलाडी छनोट

भारत्तोलनतर्फ सुदूरपश्चिमबाट खेलाडी छनोट
कञ्चनपुर, २४ मंसिर । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भारत्तोलनतर्फ सुदूरपश्चिमबाट खेलाडी छनोट भएका छन् । सामग्री अभावले मध्यपश्चिमस्थित नेपालगञ्जको महेन्द्र रंगशालामा मंसिर २० देखि २२ गतेसम्म चलेको प्रतिस्पर्धाबाट पूर्वाञ्चलको विराटनगरमा आयोजित सातौ राष्ट्रिय खेलकुदका लागि भारत्तोलनतर्फ सुदूरपश्चिमबाट ८ समूहमा खेलाडी छनोट भएका हुन् । जसमा कञ्चनपुरले वर्चश्व कायम गरेको छ ।
 
प्रशिक्षक जीवन गौतमका अनुसार ८ समूहका लागि भएको छनोटमा ६ समूहमा कञ्चनपुरले जित हात पारेको छ भने दुई समूहमा कैलाली विजयी भएको छ । सातौं राष्ट्रिय खेलकुदका लागि छनोट हुने खेलाडीहरुमा कैलालीबाट ५६ किलो तौलमा रविलाल चौधरी र ६२ किलो तौल समूहमा नारद चौधरी रहेका छन् । 
 
त्यसैगरी कञ्चनपुरबाट ५९ किलो तौलमा विष्णप्रसाद मिश्र, ७७ किलो तौलमा विजय जोशी, ८५ किलो तौलमा विशाल सिंह, ९४ किलो तौलमा अनुज साउद, १०५ किलो तौलमा सागर भण्डारी र प्लस १०५ मा सुवास उपाध्याय रहेको प्रशिक्षक गौतमले जानकारी दिए ।  
 
सातौं राष्ट्रिय खेलकुदमा छनोट हुन सुदूरपश्चिमका चार जिल्ला डोटी, डडेल्धुरा कैलाली कञ्चनपुर मात्रै प्रतिस्पर्धामा उत्रिएका थिए । पुस ८ गते १६ गतेसम्म विराटनगरमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भारत्तोलनतर्फ सुदूरपश्चिमका खेलाडीहरुले सप्तरीको राजविराजमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।
 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook