NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

स्वराजकप फुटबल प्रतियोगिता सम्पन्न

स्वराजकप फुटबल प्रतियोगिता सम्पन्न
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १४ कात्र्तिक । बेलौरी नगर खेलकुद विकास समितिको आयोजना तथा जेबी अटो मोबाइल्स धनगढीको प्रायोजनमा कार्तिक ५ गतेबाट बेलौरीको खुला मञ्चमा सञ्चालित स्वराजकप खुल्ला फुटबल प्रतियोगिता २०७३ शनीबार सम्पन्न भएको छ । शनीबार भएको समापन खेल युनाइटेड आइबिआरडी र सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी अत्तरियाका बीच भएको थियो । समापनको खेलमा मध्यान्तर पछिको केही समयमा रेफ्रिले बैद्यनाथ बाहिनीलाई पेनाल्टी दिएर धाँदली गरेको भन्दै युनाइटेड आइबिआरडीले मैदान छोडेको थियो । आयोजकले बारम्बार आग्रह गर्दा समेत युनाइटेडले नमान्दा अन्तमा रेफ्रिको निर्णय अनुसार बैद्यनाथ बाहिनीले पेनाल्टीबाट १ गोल गर्न सक्यो । मैदान छाडेको युनाइटेड आइबिआरडीले पाउनु पर्ने रु. २५,५५५।– र मेडल अस्वीकार गरेको छ । 
 
उता, जीत हात पारेको बैद्यनाथ बाहिनीले रु. ५५,५५५।– को चेक, ट्रफी, मेडल, प्रमाणपत्र र प्रतिखेलाडी एकएक फुच्चे स्वराज ट्याक्टर हात पारेको छ । खेलको समापनमा बेष्ट मिडफिल्डर भुपेन्द्र बम, बेष्ट गोल किपर भिम बहादुर बिक, बेष्ट फिल्डर हेमन्त बोहरा, बेष्ट स्कोरर पङ्कज मडै, बेष्ट प्लियर मोहन आलेमगर, र राइजिङ प्लियर बम बहादुर गोले घोषित भएका छन् । साथै कार्यक्रममा बेलौरीबाट गत वर्ष विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई समेत सम्मान गरिएको छ । सुदूरपश्चिम क्षेत्रीय खेलकुदको एथलेटिक्स विधाको सय गुण चार मीटर दौडमा स्वर्णपदक विजेता बेलौरीकी भगवती पाण्डेय, लङजम्पका खेलाडी बल बहादुर चौधरी, हाइजम्पकी खेलाडी गायत्री चौधरी, भलिबल खेलाडी त्रेय अनिता जोशी, मीना बिष्ट र आकांक्षा बिष्ट तथा गायक कृष्ण विकलाई सम्मान गरिएको छ ।
 
व्यवस्थापिका संसद सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा जेबी अटो मोबाइल्स धनगढीका सञ्चालक झपट सिंह बोहरा, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, गायिका पूर्णिमा ठगुन्ना, गायक कृष्ण विक, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।
 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook