NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

जापानमा बेलौरी युवा मन्च गठन

जापानमा बेलौरी युवा मन्च गठन
जापान, ३० भदौ । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाबाट व्यवसाय, काम र  अध्ययनको सिलसिलामा जापान पुगेका बेलौरीवासीहरु एकजुट भएर बेलौरि युवा मन्च गठन गरेका छन् । जापानको टोकियोमा भएको बेलौरीका युवाहरुको विशेष भेलाले प्रेम प्रसाद खरेलको संयोजकत्वमा युवा मन्च गठन गरेको हो  । मन्चको उपाध्यक्षमा अर्जुन पाण्डेय र शंकर ढकाल, महासचिवमा सुशील सापकोटा, सचिवमा गोकुल खरेल, कोषाध्यक्षमा भगीरथ न्यौपाने र सहकोषाध्यक्षमा रामकृष्ण सापकोटा चयन हुनुभएको कोषाध्यक्ष भगीरथ न्यौपानेले जानकारी दिनुभयो ।
 
त्यसैगरी सदस्यहरुमा माधव अधिकारी, ऋषी रिजाल, राजु पौडेल, मुकेश रिजाल, जिवन ढकाल, मिलन ढकाल र हेमकान्त ढकाल चयन हुनु भएको छ । आफ्नो मातृभूमि बेलौरीको विकासका लागी जापानबाट पनि सहयोगका लागि एकजुट भएको बताइएको छ  । मन्चको सल्लाहकारमा रामप्रसाद  पाण्डेय र राजु केसीलाई नियुक्त गरिएको छ  । अबको एक महिना भित्रमा मन्चको बैठक बसी थप कार्ययोजनाहरु बनाउने न्यौपानेले जानकारी दिनुभयो ।
 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook