NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

तमिलनाडुमा बाढी : ५६ जनाको मृत्यु

तमिलनाडुमा बाढी : ५६ जनाको मृत्यु
भारत, मंसिर १६ । भारतको तमिलनाडुमा वर्षासँगै आएको बाढीका कारण ५६ जनाको ज्यान गएको छ । चेन्नईमा मात्रै १६ जनाको ज्यान गएको अधिकारीले बताएका छन् । लगातार परेको ठूलो पानीका कारण आएको बाढीका कारण समस्यामा परेका मानिसको उद्दारका लागि चेन्नईमा सेना, नौसेना तथा राष्ट्रिय आपद बलको टिम परिचलान गरिएको छ ।
 
बाढीका कारण चेन्नईको जनजीवन प्रभावित भएको छ । मौसम विभागका अनुसार अझै ४८ घण्टासम्म तमिलनाडुमा ठूलो पानी पर्ने छ । दुईदिनदेखि लगातार परेको पानीका कारण कच्ची घरमा बस्ने मानिस बढी प्रभावित भएका छन् । वर्षापछि चेन्नईको एयरपोर्ट पनि बन्द भएको छ । शहरको रेल सेवा पनि बन्द भएको छ भने बस चलाउन पनि समस्या भएको छ । चेन्नई शहरको अधिकांश भागमा दुईदेखि तीन फिट पानी जमेको छ ।
 
 
शहरका  विभिन्न ठाउँमा बनेका जलाशयबाट पानी ननिकालिए संकट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ । तमिलनाडुको शिक्षा विभागले विद्यालय तथा क्याम्पस बन्द गरेको छ ।
– एजेन्सीको सहयोगमा

यसमा तपाइको मत

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook