खेलकुद

बेलडांडी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु ।। (विशेष कुराकानी सहित)

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलडांडीमा “रास्ट्रका लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ  बिहिबार देखि बेलडांडी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको बिहिबार एक कार्यक्रमका बीच भव्य उद्घाटन गरिएको बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका स्वकीय सचिव कृष्ण कुमार रोकायाले जानकारी दिनुभयो । 

 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका कञ्चनपुर क्षेत्र नं. १, प्रदेश सभा ख बाट निर्वाचित प्रदेश सभा सदस्य कुलबीर चौधरीले युवाहरुको खेल विकासमा प्रदेश सरकारले योजना बनाएको बताउनु भएको छ । उहाँले यस क्षेत्रमा खेलकुदको लागि प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको भएपनि खेलकुदको विकासका लागि योजना बनिरहेको बताउनु भयो ।

 

बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको सभापतित्वमा आयोजित उक्त प्रतियोगितामा बेलडांडी गाउँपालिका भित्रका माध्यमिक तहका ७ विद्यालयको सहभागितामा रहेको बेलडांडी गाउँपालिका वडा नं. १ का वडा सदस्य शंकर दत्त भट्टले जानकारी दिनुभयो । 

 

प्रस्तुत छ, यसै विषयमा बेलडांडी गाउँपालिका वडा नं. १ का सदस्य शंकर दत्त भट्ट संग गरिएको विशेष कुराकानी ।।

<