खेलकुद

विज्डम एसपिए कप टी–ट्वान्टी क्रिकेटको उपाधि आयोजक विज्डम एकेडमी ए लाई

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २१ जेठ । कञ्चनपुरको बेलौरीमा आयोजित विज्डम एस.पि.ए कप टी–ट्वान्टी क्रिकेटको उपाधि आयोजक विज्डम एकेडमी ए ले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा टस जितेर ब्याटिङ् सुरुवात गरेको लिटिल फ्लावर ए धनगढीले विज्डम एकेडमी ए लाई १३९ रनको लक्ष्य दिएको थियो । विज्डम एकेडेमी ए ले निर्धारित समयमा ५ विकेट बाँकी छदैँ लक्ष्य पूरा गरी जीत हाँसिल गरेको हो ।

यो संगै लिटिल फ्लावर ए धनगढीले उपविजेता मै चित्त बुझाउनु परेको छ । विज्डम एकेडेमीका हरिश बिष्ट २६४ रन सहित वेष्ट स्कोरर घोषित भएका छन् । त्यस्तै, अभिशेक उपाध्याय म्यान अफ द सिरिज र लिटिल फ्लावरका अनिल थापा राइजिङ प्लियर घोषित भएका छन् ।

प्रतियोगिता यही जेठ १२ गतेबाट सुरु भएको थियो । विजेता विज्डम एकेडमी ए ले रु. २५ हजार पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लिटिल फ्लावर ए धनगढीले १२ हजार मै चित्त बुझाएको छ ।
 

<