बेलौरी खबर

शुक्लाफाँटा ६ नम्बर वडाले गर्यो जेष्ठ नागरिक, एकल महिला, जेष्ठ दलित र अपांगता भएका व्यक्तिलाई सम्मान ।।शुक्लाफाँटा ६ का जेष्ठ नागरिक, एकल महिला, जेष्ठ दलित र अपांगता भएका व्यक्तिलाई सम्मान

कञ्चनपुर  । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ नम्बर वडा कार्यालयले बुधवार जेष्ठ नागरिक, एकल महिला, जेष्ठ दलित, अपांगता भएका व्यक्तिलाई सम्मान गरेको छ । असी वर्ष माथिका जेष्ठ नागरिक, ७५ वर्ष माथिका जेष्ठ दलित, ६५ वर्ष माथिका एकल महिला र आंसिक र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई कम्बल, खास्टो र न्यानो टोपी लगाएर सम्मान गरेको हो । 

 

जेष्ठ पुरुषलाई न्यानो कम्बल र जेष्ठ तथा एकल महिलालाई ऊनको टोपी र खास्टो पहिराएर सम्मान गरिएको वडा अध्यक्ष जगता रानाले बताउनु भयो । जेष्ठ नागरिक पुरुष ५, जेष्ठ महिला १२, एकल महिला ८, जेष्ठ दलित २, पूर्ण अपांगता भएका व्यक्ति २ र आंसिक अपांगता भएका व्यक्ति ३ जनालाई यस वर्ष सम्मान गरिएका छौं, उहाँले भन्नुभयो, ‘आउदो वर्ष सबै जेष्ठ, अपांगता भएका व्यक्ति र एकल महिलालाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्ने लक्ष्य लिएका छौं ।’

 

वडा कार्यालयले न्यानो खास्टो र न्यानो टोपी दिएपछि खुसि हँुदै तुलसी देवी जोशीले भन्नुभयो, ‘वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान दिएर गुन लगाएको छ । यस कार्यक्रमलाई निरन्तरता दिई जेष्ठ नागरिकलाई समाजमा इज्जत दिने वातावरण दिइनु पर्छ ।’ पूर्ण अपांगता भएका रामबावु रानाले आर्थिक विपन्नताका कारण चिसोका बेला ओढ्ने नहुँदा चिसो मै रात काट्नु परेको बताउनु भयो ।  वडा सदस्य यशोदा भट्टले जेष्ठ नागरिक, एकल महिला र पूर्ण अपांगता भएका व्यक्तिहरुलाई थोरै भए पनि सम्मान गर्ने अवसर पाउँदा गर्व महशुस भएको बताउनु भयो ।

<