बेलौरी खबर

बेलडांडी गाउँपालिका १ का वडा सदस्य शंकर दत्त भट्टको रचनात्मक कार्य (विशेष कुराकानी सहित) ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।

कञ्चनपुरको बेलडांडी गाउँपालिका वडा नं. १ का वडा सदस्य शंकर दत्त भट्टले आफ्नो वडाका रचनात्मक कार्य गर्नुभएको छ । वडा सदस्य भट्टले गाउँपालिकाबाट प्राप्त २ महिनाको भत्ताले आफ्नो वडाका १० वटा चोकहरुमा फोहर मलाई डस्टवीन वितरण गर्नुभएको हो ।

 

वडाका विभिन्न चोकमा डस्टवीन वितरणको क्रममा सरस्वती माविका शिक्षक जय सिंह कुँवरले वडा सदस्य भट्टको सह्रानीय कदमको उच्च मुल्याङ्गकन गर्दै पर्यावरणमा सहयोग पुग्ने गरी काम गरेको र जनप्रतिनिधि भएको आभास भएको बताउनु भयो ।

 

त्यस्तै सोही वडाबाट भट्टकै प्रतिद्धन्दी रहनु भएका नेपाली कांग्रेशका देव सिंह ठगुन्नाले यसरी सबै जनप्रतिनिधि पैसामा लिप्त भएको बेला उहाँले आफ्नै पारिश्रमिकबाट गरेको कामको जनताले उच्च मुल्याङ्गकन गर्ने बताउनु भयो ।

 

प्रस्तुत छ, यसै विषयमा बेलडांडी गाउँपालिका वडा नं. १ का वडा सदस्य शंकर दत्त भट्ट संग गरिएको कुराकानी ।।

<