खेलकुद

कञ्चनपुरको बेलडांडीमा पुस २५ देखि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलडांडीमा यही पुस २५ गते देखि गाउँपालिका स्तरीय अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुर्व तयारीमा सोमबार बेलडांडी गाउँपालिका भित्रका माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरु संग बृहत् छलफल गरिएको छ । 

 

उक्त छलफलबाट गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गर्न प्रधानाध्यापकहरुकै सहभागितामा मुल आयोजक समिति गठन गरिएको बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीका स्वकीय सचिव कृष्ण कुमार रोकायाले जानकारी दिनुभयो । 

 

छलफलकै क्रममा बेलडांडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले पुस २५ गते देखि हुने भनिएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्न सबैले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

<