कला / संस्कृति / साहित्य

देशभरका गुरुङ समुदायले तमु ल्होसार पर्व मनाए।। (भक्सपप र रिपोर्ट सहित )

हरिश चन्द्र बाग, कञ्चनपुर ।

देशभरका गुरुङ समुदायले आइतबार तमु ल्होसार पर्व मनाएका छन् । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नयाँ’ भन्ने बुझिन्छ । प्रत्येक वर्ष ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान तथा  नयाँ लुगा लगाउने, सेलरोटी, खिर लगायत मीठामीठा खानाका परिकार बनाएर खाने र नाचगान गरी रमाइलो गर्ने परम्परा गुरुङ जातीमा रहिआएको विभिन्न क्षेत्रमा तमु ल्होसार मनाइरहेकाहरु  बताउछँन् ।

 

यता कञ्चनपुरको बेलौरीमा तमु समाज बेलौरीको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उप प्रमुख चित्र कुमारी चौधरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत भोज बहादुर ऐडी, वडा नं. ३ का वडाध्यक्ष नेत्र राज गिरी लगायतका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, गुरुङ समुदायका नागरीक र  स्थानीयको समेत उपस्थितिमा भव्यताका साथ तमु ल्होसार मनाएको तमु समाज बेलौरीकी अध्यक्ष इन्द्रा गुरुङले बताउनु भएको छ । 

प्रस्तुत छ, यसै सम्बन्धी तयार पारिएको भक्सपप ।।


तमु ल्होसार सम्बन्धी तयार पारिएको रिपोर्ट पनि सुनौँ ।।

 

नयाँ वर्षका रूपमा आइतबार गुरुङ्ग समुदायले तमु ल्होसार मनाएका छन् । ल्होसार पर्व नेपालमा तामाङ, सेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका समुदायले पनि मनाउने गर्छन् । तर हरेक वर्ष पुस १५ गतेका दिन विशेष गरी गुरुङ्ग समुदायले मात्रै ल्होसार मनाउने गरेका छन् । गुरुङ पात्रो अनुसार जम्मा १२ वर्षको एक वर्ग चक्र हुन्छ । हरेक वर्ष मुसा, गाइ, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बादर, चरा, कुकुर र मृग वर्ग फेरिन्छ । आवाज २ जनाको


ल्होसार संगै नयाँ वर्षको सुरुवात हुने भएकाले नयाँ वर्षमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान तथा  नयाँ लुगा लगाउने, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि रमाइलो गर्ने श्रीधोज गुरुङले वताएका छन् । आवाज


एकघर एक मुठी चामल तथा खाद्यन्न जम्मा गरी सवैजना भेला भएर एक आपसमा सदाचार भाइचारा कायम गर्दै तथा रिस रागको अन्त्य गरी आफ्नो संस्कृती जोगाउने उद्देश्यले ल्होसार मनाउन लागिएको सञ्जु गुरुङ वताउछन् । आवाज


तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रूपमा तथा सेर्पा लगायतका जातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् । जसले जुन रुपमा ल्होसार मनाएपनी रिस रागको अन्त्य गरी एक आपसमा भाइचार कायम राख्न जरुरी छ ।  

<