मनोरञ्जन

बेलौरीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल भकुण्डामा गंगा दशहरा मेला सुरु  

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २१ जेठ । कञ्चनपुरको बेलौरीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल भकुण्डामा शनीबार राति देखि गंगा दशहरा मेला सुरु भएको छ । हरेक बर्ष गंगा दशहराकै बेला मेला लाग्ने प्रचलन रहेको छ । मेला भर्नका लागि बेलौरीको भकुण्डा पुगेका दर्शनार्थीहरुको बाक्लो घुईचो लागेको छ । कालेश्वर महादेव मन्दिरको संरक्षण, सम्बर्धन तथा प्रचारप्रसारमा समेत टेवा पुग्ने भन्दै हरेक वर्ष भव्य मेला आयोजना गर्ने गरेको मेला आयोजक समितिका अध्यक्ष रामदुलारे चौधरीले जानकारी दिनुभयो । यस बर्ष भकुण्डामा गंगा दशहरा मेलालाई १ लाख भन्दा वढी दर्शनार्थीहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला स्थलमा सांस्कृतिक, मनोरञ्जनात्मक लगायत विभिन्न स्टलहरु भरीभराउ रहेका छन् । थप विवरण सहित एक रिपोर्ट... http://radiobelauri.org.np/uploads/audio/24
 

<