बेलौरी खबर

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ द्वारा जेष्ठ नागरीकहरुलाई परिचय पत्र वितरण ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ४ ले जेष्ठ नागरीकहरुलाई परिचय पत्र वितरण गरेको छ ।

 

यसअघि बेलौरी नगरपालिकाले वितरण गर्दा परिचय पत्र प्राप्त गर्न छुटेका ६० वर्ष भन्दा बढी उमेरसमूहका जेष्ठ नागरीकहरुलाई शनीबार श्री शान्ति मावि शान्तिपुरको प्रांगणमा परिचय पत्र वितरण गरिएको वडा नं. ४ का अध्यक्ष अर्जुन ढकालले जानकारी दिनु भएको छ ।

 

शनीबार एक दिने शिविरमा ५५ जना जेष्ठ नागरीकहरुलाई परिचय पत्र वितरण गरेको वडा सचिव श्याम कुमार रानाले बताउनु भयो । शिविरमा सहभागी हुन नसकेका जेष्ठ नागरीकहरुले आफुलाई पायक परेको दिन वडाबाटै परिचय पत्र बनाउन सक्ने उहाँले बताउनु भयो । 


प्रस्तुत छ, सोही कार्यक्रममा परिचय पत्र लिन आउनु भएका बेलौरी नगरपालिका वडा नं. ४ का केही जेष्ठ नागरीकहरुको एक भक्सपप ।।

<